2026-07-06 10:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘२०३० सम्ममा समृद्धिको संकेत पाइने’

भदौ ११, काठमाडौ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्धिको सपना पूरा गर्न लामो समय नलाग्ने बताउनुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकसँगको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले सरकारले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न लामो समय नलिने स्पष्ट गर्दै भन्नुभयो, “संयुक्त राष्ट «संघले राखेको दिगो विकास लक्ष्यको समय २०३० सम्ममा हामीले समृद्धिको संकेत पाइसक्छौँ ।” प्रधानमन्त्री ओलीले सोका लागि राज्य संयन्त्रलाई चुस्त बनाउनुपर्नेमा जोड दिनुभयो । 

प्रधानमन्त्री ओलीले कर्मचारीतन्त्र पुरातन भएकाले यसलाई सुधार्दै चलायमान बनाउन आफू लागिरहेको जनाउँदै अहिले चर्चामा आएका कतिपय कानुन र विधेयकमा कहीँ कतै कमजोरी भए आवश्यकता र औचित्यका आधारमा संशोधन हुने स्पष्ट गर्नुभयो । 


प्रधानमन्त्री ओलीले आर्थिक विकास र समृद्धिका लागि एउटा प्रभावकारी क्षेत्रीय संगठन चाहिएकाले बिम्स्टेकलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । “बिम्स्टेकका सन्दर्भमा हाम्रो भूमिका कर्मकाण्डी हुँदैन । प्रभावकारी हुन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । 

प्रधानमन्त्री ओलीले सम्पादकहरुसँग भन्नुभयो “देखेको कुरा लेख्नुहोस्, लागेको कुरा लेख्नुहोस् तर जनतालाई निराशा नछाओस् भन्ने कुरामा सचेत भइदिनुहोस् । ” 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने