२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिम्स्टेक सम्मेलन: पर्वतीय अर्थतन्त्र, पर्यावरण र दिगो विकासमा प्राथमिकता

२०७५, १५ भाद्र शुक्रबार १०:४०

प्रकाश सिलवाल | काठमाडौँ, १५ भदौ | नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनले पर्वतीय अर्थतन्त्र, पर्यावरण संरक्षण र दिगो विकासमार्फत समृद्धि हासिलमा जोड दिएको छ । जलवायु परिवर्तन र यसका असरको क्षतिपूर्ति तथा भूपरिवेष्टित मुलुकलाई केन्द्रमा राखेर विकास र समृद्धिको योजना ल्याउनुपर्नेमा सम्मेलनमा नेपालले जोड दिएको हो । 

सम्मेलनको समापनपछिको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यस क्षेत्रका मुलुकमा सम्पर्क विस्तार (कनेक्टिभिटी)का लागि सदस्य मुलुकका राष्ट्रिय योजना आयोगहरुबाट समान प्राथमिकता दिई एशियाली विकास बैङ्कको सहयोगमा गुरुयोजना तय गर्न कार्य समूहले काम गर्ने र त्यसले अन्तिम रुप पाएपछि साझा प्रयासबाट सम्पर्क विस्तार गरिने जनाउनुभयो । उहाँले भन्नुभयो, “सम्पर्क विस्तार हाम्रो आधारभूत आधारशिला हो । यसका लागि कार्यदलले काम गरेर यससम्बन्धी परियोजना सञ्चालन गरिनेछ ।” मन्त्री ज्ञवालीले बिम्स्टेक बडापत्र तयार गर्न पनि कार्य समूहले काम गरी आगामी शिखर सम्मेलनमा प्रस्तुत गरिने जानकारी दिनुभयो । 

सञ्चारकर्मीको जिज्ञासामा मन्त्री ज्ञवालीले सदस्य मुलुकले आफ्नो क्षमता र इच्छानुसार बिम्स्टेक कोषका लागि रकम दिने र त्यसबाट अनुसन्धानात्मक एवं नमूना परियोजना सञ्चालन गरिने बताउनुभयो । नेपाल बौद्धदर्शनको मुहान भएको र यो विश्वकै सम्पदा भइसकेका अवस्थामा सदस्य राष्ट्रहरुले अन्तर्राष्ट्रिय सम्मेलन आयोजनाको घोषणा गरिनुलाई सकारात्मक रुपमा लिइएको जनाउँदै उहाँले बौद्ध परिपथ आफूहरुको साझा चासोको विषय भएको उल्लेख गर्नुभयो । 

बिम्स्टेकका सदस्य मुलुकबीच आतङ्कवादविरुद्धको साझा प्रतिबद्धता व्यक्त गरिएको सन्दर्भमा म्यान्माको रखाइन राज्यमा भएको हिंसाबारे सम्मेलनमा छलफल किन भएन भन्ने प्रश्नमा मन्त्री ज्ञवालीले भन्नुभयो, “बिम्स्टेक साझा हित र चासोका लागि गठित मञ्च भएकाले कुनै एक मुलुकको आन्तरिक र वा सदस्यमध्ये कुनै दुई मुलुकबीचको विवादका विषयमा प्रवेश भएन ।” 

सम्मेलनमा बिम्स्टेक स्वतन्त्र व्यापार सम्झौताका लागि सन् २००४ मै सैद्धान्तिक सहमति भए पनि त्यससँग सम्बन्धिक ढाँचा र सम्झौताका लागि काम गर्न ढिलाइ भएको सन्दर्भमा आगामी दिनमा बिम्स्टेकका कामलाई प्रभावकारी बनाउन तथा आवधिक शिखर सम्मेलन हरेक दुई वर्षमा गराउन नेपालले जोड दिने मन्त्री ज्ञवालीले स्पष्ट पानुभयो । भुटानी शरणार्थीका विषयमा सोधिएको प्रश्नमा मन्त्री ज्ञवालीले हाल भुटानमा अन्तरिम सरकार कायम रहेकाले नयाँ निर्वाचन सरकारसँग उक्त विषय नेपालले उठाउने अवगत गराइएको जानकारी दिनुभयो । 

द्विपक्षीय शिखर भेटवार्ता 

सम्मेलनका क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र विभिन्न सदस्य मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग अलग अलग भेटवार्ता भई द्विपक्षीय हित र साझा चासोका विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार तथा प्रधानन्यायाधीश ल्योन्पो छिरिङ आङ्चुक, म्यान्माका राष्ट्रपति विन मिन्त, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चासँग भेटवार्ता भइसकेको छ भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्मेलनको दोस्रो दिन भेटवार्ता र ीद्वपक्षीय सम्झौता भएको छ । 

नेपाल र भारतबीच रेल्वे सम्झौता हुने कार्यक्रम छ । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग शनिबार प्रधानमन्त्री ओलीले भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिम्स्टेकका सदस्य मुलुकका शीर्षनेतासँग शुक्रबार बिहान संयुक्त भेटवार्ता गर्नुभएको थियो । 

थाइल्याण्डको सहयोग आउने 

द्विपक्षीय भेटवार्ताका क्रममा नेपालमा विसं २०७२ को भूकम्पपछि थाइल्याण्ड सरकारले घोषणा गरेको रु १७ करोड बराबरको स्वास्थ्य उपकरणलगायत सहयोग चाँडै हस्तान्तरण गर्ने अवगत गराइएको छ । प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा थाइ प्रधानमन्त्रीले उक्त जानकारी दिनुभएको थियो । 

बिहीबार शुरु भई आज समापन भएको सम्मेलनले विभिन्न विषयमा १८ बुँदे घोषणापत्र जारी गरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनका क्रममा तीनै तहको निर्वाचनपछि गठित दुई तिहाइ समर्थन प्राप्त सरकारको आयोजनामा नेपालमा यस प्रकारको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ