2026-07-07 12:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खर्च कम र काम दोब्बर गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

2018-09-07

भदौ २२, काठमाडौं | प्रधानमन्त्री केपी ओलीले खर्च कम र काम दोब्बर गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री ओलीले काम नगर्ने तर अधिकार प्राप्तिको नाममा आन्दोलन गर्ने कर्मचारीहरुलाई कडा कारबाही गर्ने चेतावनी पनि दिए।

निजामती सेवा दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्र निर्माण गर्ने संकल्प पूरा हुने गरी दोब्बर काम गरेर उत्पादनलाई पनि दोब्बर वृद्धि गर्ने दायित्व पूरा गर्न कर्मचारीहरुलाई सचेत गराए। मुलुकमा संख्यात्मक हिसाबले कर्मचारीहरुको अभाव नभएको उनले बताएका छन्। विषयगत कर्मचारीहरुको अभाव भएको भने स्विकार गर्दै उनले त्यसलाई पूर्ति गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रधानमन्त्री ओलीले कर्मचारी संगठन खारेज नहुने पनि स्पष्ट पारेका छन्। आधिकारिक ट्रेड युनियन कानुनी मान्यता प्राप्त संस्था भएकाले त्यसलाई खारेज हुन नदिने उनको प्रस्टोक्ति थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने