२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदमा चुरे विनासदेखि चिकित्सक अभावसम्मका कुरा

२०७५, ३० भाद्र शनिबार १०:५९

भदौ ३०, काठमाडौँ | प्रतिनिधिसभाको आजको शून्य समयमा बोल्ने सांसदहरुले निर्वाचन क्षेत्र, जिल्ला र मुलुकका समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

उहाँहरुले बाढीपहिरोबाट भएको क्षति, चुरे क्षेत्रमा हुँदै आएको प्राकृतिक स्रोत साधनको दोहन, पूर्वाधार निर्माणमा देखिएको लापरवाही र स्वास्थ्य सेवा विस्तारलगायतका विषय उठाउनुभयो । 

बैठकमा सांसद अग्निप्रसाद सापकोटाले भूकम्पले क्षति पु¥याएको खासा क्षेत्रका चीनले सडकको पुनःनिर्माण गरिरहेको हुँदा भत्किएको मितेरीको स्थानमा बेलीब्रिज राखेर पनि यातायात सञ्चालन गर्न सकिने सङ्केत गरेको हँुदा नेपालतर्फको सडक तीव्र गतिमा मर्मत गर्नेतर्फ ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो । 

सांसद गगनकुमार थापाले भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्छु भन्ने सरकारका मन्त्रीको पछिल्ला काम कारवाहीले सोच र क्षमतामै प्रश्न लागेजस्तो अनुभूति भएको टिप्पणी गर्नुभयो । 

सांसद आशा विकले लामो समयदेखि बझाङ जिल्लामा विशेषज्ञ चिकित्सको अभाव रहेकाले तत्कालै त्यहाँ विशेषज्ञ चिकित्सक पठाउने व्यवस्था गर्न अनुरोध गर्नुभयो । 

सांसद इन्दुकुमारी शर्माले विकासको नाममा चुरे क्षेत्रमा अत्यधिकरुपमा हँुदै आएको प्राकृतिक स्रोत साधनको दोहन रोक्न माग गर्दै यसबाट तराई–मधेश क्षेत्रमा निम्त्याउन सक्ने विनासप्रति सजग रहन चेतावनी दिनुभयो । 

सांसद उमाकान्त चौधरीले जिल्ला सदरमुकामबाट पाउने सुविधा स्थानीय तहबाटै पाउनुपर्छ भनी शुरु गरिएको बाराको निजगढ, कोहल्वीलगायतका क्षेत्रमा विस्तार गर्न माग गर्नुभयो । 

सांसद उमाशङ्कर अरगरियाले वर्षौअघिदेखि शुरु भएको हुलाकी सडक निर्माणलाई ठेकेदारले मात्र होइन सरकारले समेत बेवास्ता गरेको भनी गुनासो व्यक्त गर्नुभयो । 

सांसद कुमारीतुल्सी थापाले बर्दियाको बाँसगढीमा रहेको ३६७ घरधुरी जनताले जग्गाको लालपूर्जा प्राप्त गर्न नसक्दा उनीहरु स्वास्थ्य, शिक्षा र रोजगारीबाट समेत वञ्चित हुनुपरेको घटना सुनाउनुभयो । 

सांसद कृष्णकुमार श्रेष्ठले विस्तारै नेपालीका महान् चाड दशैँ तिहार शुरु हुने अवस्था आइसक्दासमेत उपत्यकाबाट यात्रु बाहिरिने नागढुङ्गा–नौबिसे खण्ड निकै जर्जर अवस्थामा रहेकाले तत्काल सुधारमा ध्यान दिइयोस् भन्नुभयो । 

सांसद कृष्णप्रसाद दाहालले समृद्ध नेपाल र सुखी नेपालका लक्ष्य हासिल गर्न एक अर्काप्रति औँला ठड्याउनुको साटो एकतावद्ध भएर काम गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । 

सांसद कृष्णकुमार राईले मुलुकको राजधानीका सडकको अवस्था निकै दयनीय हुँदा जनप्रतिनिधि भनेर आफूलाई टाउको ठड्याएर हिँड्नसमेत लाज लागेको बताउनुभयो । 

सांसद कृष्णभक्त पोखरेल भरतपुर मेडिकललाई अस्पताल केन्द्रीय अस्पतालको रुपमा स्तरोन्नति गर्न माग गर्नुभयो । सांसद खगराज अधिकारी केही दिनअघि बेगनास तालमा डुङ्गा दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको उपचार र मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो । 

सांसद गणेशकुमार पहाडी सिन्धुली जिल्लाको चदाहा खोलामा आएको बाढीले ६५ घर र विद्यालय पनि कटानको जोखिममा परेकाले तत्काल तटबन्धको व्यवस्था गर्न माग गर्नुभयो । 

सांसद गणेशसिंह ठगुन्नाले भदौ २८ गते बस दुर्घटनामा घाइतेको स्वास्थ्यलाभको कामना गर्दै त्यस क्षेत्रमा सडक दुर्घटना रोक्न सडक सुधार र लामो दूरीका सवारी साधनमा दुईवटा चालकको व्यवस्था गर्न माग गर्नुभयो । 

सांसद गोपाल बलले पछिल्लो समय अत्यावश्यक खाद्यान्नमा अत्यधिक मूल्यवृद्धि भएको जनाउँदै विदेशीले उपलब्ध गराएको चामलमा मूल्यवृद्धि गर्नुपर्ने कारणबारे जानकारी दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद गङ्गा चौधरीले सत्गौवा थारुको मुलुक धार्मिक निरपेक्ष घोषणा भइसकेपछि सबै जातजाति र धर्मलाई समानरुपले हेरी सार्वजनिक बिदाको व्यवस्था गर्न माग गर्नुभयो । 

सांसद घनश्याम खतिवडाले मोरङको लेटाङ, उल्र्लाबारी–मधुमल्ला जोड्ने सडक वर्षाका कारण जीर्ण भएकाले तत्काल सुधार गर्न माग गर्नुभयो । 

प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानकुमारी छन्त्यालले बालगुङमा बडिगाड खोला थुनिँदा वरपरका बस्ती कटान गर्ने खतरा देखिएकाले दीर्घकालीन समस्या समाधानको उपाय खोज्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ