Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘रेल सञ्चालन, तुइन विस्थापन, मेलम्ची पानी जस्ता महत्वपूर्ण काम द्रुत गतिमा’

२०७५, ३० भाद्र शनिबार १७:२३

भदौ ३०, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले रेल सञ्चालन, तुइन विस्थापन, मेलम्चीको पानी काठमाडौँ ल्याउनेजस्ता महत्वपूर्ण कार्य द्रुत गतिमा अघि बढिरहेको बताउनुभएको छ । 

ज्यापु समाज यलले आज यहाँ आयोजना गरेको ‘रजत जयन्ती’ कार्यक्रममा उहाँले काठमाडौँबाट छिमेकी मुलुक र काठमाडौँ उपत्यकामा नै रेल सञ्चालनका लागि तयारी भइरहेको बताउनुभयो । 

“मेलम्चीको पानी छिट्टै नै काठमाडौँ उपत्यका आइपुग्नेछ, पूराना पाइपका कारण दुई चार महीना बाटो हिलो भएर हैरानी सहनुपर्ने हुनसक्छ,” उहाँले भन्नुभयो, “त्यो गाली नै सहनका लागि पनि म तयार छु तर चाँडो मेलम्चीको पानी ल्याउनुपर्छ ।” 

काठमाडौँ उपत्यकाका फोहोरमैला व्यवस्थापनको नयाँ ढङ्गले काम हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । तीनै जिल्लाका स्थानीय निकायले अहिले ‘डम्पिङ साइट’मा फोहर फारिहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “फोहरबाटै ग्यास र मल निकाल्न लाग्नुपर्छ ।” 

तुइन विस्थापनको काम धमाधम अघि बढिरहेको उहाँले बताउनुभयो । तुइन विस्थापित गर्न सरकारले शुरु गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ११६ वटा तुइन हटाएर त्यस स्थानमा झोलुङ्गे पुल बनेका छन् भन्नुभयो । उहाँले बाँकी रहेका ४० तुइन हटाउनका लागि झोलुङ्गे पुल निर्माणको काम अघि बढेको बताउनुभयो । 

पाटन सानो शहर भएर पनि ऐतिहासिक र कलाले धनी रहेको प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो । नेपालमा प्राचीन सभ्यता, विज्ञानको विकास र शिक्षाको शुरुवात सबै कुरामा अघि रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बीचमा लामो समयसम्म शासन गर्नेले अन्योलमा राख्नाले हामी नबुझेर बस्न बाध्य भयौँ, अब त्यसको अन्त्य हुन्छ ।” 

अर्गानिक खेतीको विकास गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले खाने कुरामा मिसावट भएका कारण नागरिक धेरै खालका रोगबाट सिकार भइरहेकाले त्यसको अन्त्यका लागि पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पेट भर्नका लागि मात्रै नभएर स्वास्थ रहनका लागि खानुपर्छ ।” 

प्रदेश नं–३ का मुख्यमन्त्री डोरमणी पौडेलले ज्यापु समाज पूरानो इतिहास बोकेको समुदाय भएको बताउनुभयो । मलुकको समृद्धिमा ज्यापु समाजको विगतदेखि नै योगदान रहँदै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “लामो समयदेखि यो समुदाय श्रम र उत्पादनसँग जोडिएर आएको छ, समृद्धि कामले मात्र सम्भव हुन्छ ।” 

नेपाल कम्युनिष्ट पार्टीका नेता पम्फा भुषालले ज्यापु समाज चक्रपथभित्र मात्रै सीमित नभएर आसपासका वस्तीसम्म फैलनुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रदेशसभा सांसद माधव पौडेलले ज्यापु समाज यल सिङ्गो जिल्लाको गौरव बनेको बताउनुभयो । 

पूर्व सांसद चन्द्र महर्जनले ज्यापु समाजले विगतदेखि नै विकासका काममा सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो । समाजले रजत जयन्तीका अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने ज्यापु समाजका सदस्यलाई सम्मान गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली