2026-07-07 01:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अखिल क्रान्तिकारी राष्ट्रिय सम्मेलन: दुई शिक्षा नीतिविरुद्ध आन्दोलन गरिने

असोज २, काठमाडौँ | अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनले दुई शिक्षा नीति खारेजीको लागि संघर्ष गर्ने निर्णय गरेको छ । एउटै देशमा दुई शिक्षा नीतिकै कारण गरिवका छोराछोरीको पहुँचभन्दा शिक्षा बाहिर गएको ठहर गर्दै अखिल क्रान्तिकारीले दोहोर शिक्षा नीतिका साथै नीजिकरण, माफियाकरण र दलालीकरणविरुद्ध संघर्ष गर्ने राष्ट्रिय सम्मेलनले निर्णय गरेको जनकारी दिइएको छ । 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको  राष्ट्रिय सम्मेलनका निर्णय सार्वजनिक गर्न मंगलबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष आलोक रायमाझीले राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गर्नुको साथै शैक्षिक क्षेत्रमा आगामी संघर्षका कार्यक्रम तय गरेको जानकारी दिए । २२ औं राष्ट्रिय सम्मेलनले शिक्षा क्षेत्रमा रहेका विकृति, विसंगती, नीजिकरण, व्यपारीकरण,दलालीकरण, माफियाकरण, भ्रष्टीकरणविरुद्ध संघर्ष गर्ने निर्णय गरेको रायमाझीले बताए । 

त्यसगरी शिक्षा क्षेत्रका दलाल तथा माफियाहरुको सूची तयार गरेर भण्डाफोर र कारवाही गर्ने, गैरकानुनी रुपमा संचालित विदेशी शिक्षण संस्थाहरुलाई खारेजको लागि दवावमूलक आन्दोलन गर्ने सम्मेलनले निर्णय गरेको छ । 

पत्रकार सम्मेलनमा बोल्दै रायमाझीले शिक्षा क्षेत्रका आमूल परिवर्तनको लागि बलिदानपूर्ण संघर्षमा जाने निर्णय गरेको बताए । वर्तमान सत्तारुढ दलकै नेताहरुको .नीजि शिक्षामा लगानीको भएको कारण ८६ प्रतिशत लगानीको भएको कारण सरकारले अझ सार्वजनिक शिक्षालाई निरुत्साहित गर्ने भन्दै रायमाझीले त्यसविरुद्ध पनि सडक संघर्षमा जाने सम्मेलनले निर्णय गरेको जानकारी दिए । 

त्यसैगरी ‘जनताका छोराछोरी–सबै अखिल क्रान्तिकारी’ र ‘एक शिक्षण संस्था, एक इकाई’ भन्ने नाराका साथ देशभर अभियानात्मक रुपमा सांगठानिक गतिविधि संचालन गर्ने पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस नोटमा उल्लेख छ । 


पत्रकार सम्मेलनमा पार्टीका महासचिव कर्णजीत बुढाथोकी ‘शुशील’ले प्रचण्डले एमालेकरण गरेर माओवादी आन्दोलनमा पूर्णविराम नलगाउन चाहेपनि त्यो पूरा सम्भव नभएको बताए । उनले आफूहरुले जनयुद्ध र जनआन्दोलनका उपलब्धीको रक्षा गर्दै अमूल परिवर्तनको लागि क्रान्तिकारी माओवादीहरु एकजुट हुने पर्ने बताए । महासचिव शुशीलले विद्यार्थी समाजका सचेत वर्ग भएको बताउँदै शिक्षा क्षेत्रका साथै देशकै आमूल परिवर्तनको लागि विद्यार्थीलाई संघर्षमा होमिन आग्रह गरे । उनले छात्रामाथि बलात्कारका घटना घट्नुमा राज्य जिम्मेवार रहेको बताए । 

कार्यक्रममा बोल्दै शुशीलले दलाल पुजिपति अर्थतन्त्रले समाजवादी नआउँने भन्दै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्ने बताए । उनले राष्ट्रियताको लडाइँमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी माओवादीसँग सहकार्य गर्ने बताए । 

कार्यक्रममा माओवादी केन्द्रका सचिवालय सदस्य मेगबहादुर खत्री र पोलिट्ब्यूरो सदस्य पासाङ मुक्तानले असमान शिक्षाको खाडल बढ्दै गएको भन्दै त्यसको लागि आन्दोलन गर्ने बताए । 

सम्मेलनले रायमाझीको अध्यक्षमा १५१ सदस्य केन्द्रीय समिति चयन गरेको छ । महासचिव सुन्दर रायमाझी, सचिव मनोज यादव, सहसचिव सुस्मिता कुलुङ, कमला बोहरा र कोषाध्यक्ष बिनोद सुनाम रहेका छन् । प्रत्येक प्रदेशमा एकएक हुने गरी ७ उपाध्यक्ष बनाउनु सम्मेनलले निर्णय पनि गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने