2026-07-07 01:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्री थापा र पाकिस्तानी राजदूतबीच भेटवार्ता

असोज १०, काठमाडौँ (रासस) | गृहमन्त्री रामबहादुर थापा‘बदल’सँग नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले मङ्गलबार शिष्टाचार भेट गर्नु भएको छ । 

गृहमन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको शिक्षा, प्रविधिलगायतको क्षेत्रमा पाकिस्तानको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगको निरन्तरताका लागि आग्रह गर्नुभयो । 

राजदूत जावेदले सुरक्षाको क्षेत्रमा समेत थप सहयोग आदानप्रदान गर्न सकिने भेटमा बताउनुभएको थियो । उहाँले नेपालमा पनि पाँच वर्षका लागि स्थायी सरकार बनेको र पाकिस्तानमा पनि भर्खरै पाँच वर्षका लागि सरकार बनेकाले दुई सरकारबीच दिगो सहकार्यका लागि अहिले उपयुक्त वातावरण बनेको टिप्पणी गर्नुभयो । 

नेपाल र पाकिस्तानबीच सांसद तथा युवाको भ्रमण आदानप्रदानका लागि तयारी भइरहेको र यसले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । भेटमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सम्मेलनको विषयमा समेत छलफल भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने