Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदमा नेता नेपालको प्रश्न: देशमा गृह प्रशासन छ कि छैन ?

२०७५, ११ आश्विन बिहीबार ०८:५६

असोज ११, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको कार्यशैलीको कडा आलोचना गरेका छन् । नेता नेपालले मुलुकमा आपराधिक घटना नियन्त्रण गर्ने कुनै अंग छ कि छैन भन्ने प्रश्न उठेको बताएका छन् । संसद बैठकमा बोल्दै उनले यो कुरा बताएका हुन् |

'सरकारबारे जनस्तरमा आलोचना भइरहेको छ, सरकारले गति लिन नसकेकाले यो कानले जुन जोगी आए पनि कानै चिरेका भन्ने सुन्नुपरेको छ', नेकपा सांसदसमेत रहेका नेपालले भने, 'भ्रष्टाचार न्यूनीकरण तथा सुशासन कायम गर्नमा सरकार चुक्दा आलोचना भइरहेको छ, मन्त्रीहरुले यो कुराको ख्याल गरेका छन् कि छैनन् ?'

‘बलात्कार, एसिडबाट आक्रमण अनेकौं यस्ता घटना घटेका छन्, भ्रष्टाचार बढेको छ, रोक्ने, नियन्त्रण गर्ने अंग छ कि छैन, कोही गिरफ्तार भएका छन् कि छैनन्’ उनले भने ‘मान्छे हेर्न चाहन्छन् काम, मान्छे हेर्न चाहन्छन् परिणाम ।’

खुलेआम देश टुक्र्याउने अभिव्यक्ति दिँदा पनि सरकार चुप लागेको पनि नेता नेपालले बताए ।  गृहमन्त्री र मन्त्रीहरुलाई थाहा छ कि छैन ?', ‘गृहमन्त्री कहाँ हुनुहुन्छ ?, गृह प्रशासन छ कि छैन ?’ उनले प्रश्न गरे ‘खुलेआम देशलाई टुक्र्याउने व्यक्ति छन् । त्यस्तालाई देशभित्रैकाले साथ दिइरहेका छन् ।’

अहिले सांसदहरुले पनि लाज मानेर र शीर निहुराएर हिँड्नुपर्ने अवस्था रहेको उनले बताए । ‘बाटाघाटामा हिँड्दा, बसमा हिँड्दा के भन्लान्, पैदल हिँड्दा के भन्लान्, पसलमा छिर्दा के भन्लान् ?’ नेता नेपालले भने ‘ अर्को अधिवेशनमा आउँदा शीर ठाडो हुने गरी आउन पाइयोस् ।’

भ्रष्टाचार गर्ने र ठेक्कामा ढिलासुस्ती गर्ने र कालोसूचीमा परेकाहरु नै पुरस्कृत भइरहेको भन्दै उनले तिनीहरुलाई पटक पटक जिम्मेवारी दिनुको कारण के हो भन्ने प्रश्न उठेको बताए ।

अहिलेसरकारमाथि जनताको आशा र विश्वास रहेको र सरकारले काम गरोस् भन्ने चाहना रहेको नेता नेपालले बताए । ‘यो सरकारले राम्रो काम गरोस्, भ्रष्टाचार गर्दिन भनेर होइन नगरेर देखाउनुपर्छ । छोराछोरी, पीए नातेदार विभिन्न च्यानल मिलाएर यस्ता कहिँ कतै छन् भने अन्त्य होस्,’ उनले भने ।

सरकारको काममा कहीँ न कहीँ त्रुटी भएको औँल्याउँदै नेता नेपालले त्रुटी सच्याउन ढिला गर्न नहुने पनि जोड दिए । 'कहाँ रह्यो त्रुटी र कहाँ रह्यो समस्या खोजी गर्नुस्', उनले भने, 'राम्रो काम गरेमा नेकपाको मात्रै होइन संसदको समर्थन हुन्छ, नेपाललाई भ्रष्टाचारमुक्त देश चाहिएको छ। गुणस्तरहीन कामहरुको अन्त्य चाहिएको छ नेपाललाई ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली