२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालका लागि सबै मित्र हुन्, शत्रु छैनन्: प्रम

२०७५, ११ कार्तिक आईतवार ०९:१३

सुरेन्द्रबहादुर नेपाली | कात्तिक ११, काठमाडौँ | “चौध वर्षको कारावास र त्यसमध्ये चार वर्षको एकल कोठरी बासका समयमा मसँग दुई विकल्प थिए । त्यो पनि मेरो छनोटको विषय थिएन । कि त म मर्नुपथ्र्यो तर म मरिन । त्यसैले मैले चुपचाप सहेको थिएँ । मेरो छनोट भएको भए तपाईं मलाई मूर्ख भन्न सक्नुहुन्थ्यो तर त्यो मेरो छनोट थिएन ।’’ 

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिने क्रममा न्यूयोर्कमा एशिया समाजको पोलिसी इन्स्टिच्युटले आयोजना गरेको अन्तरक्रियामा सो भनाइ राख्दा सबै ध्यान दिएर सुनिरहेका थिए । 


कार्यक्रमका सञ्चालक, अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री तथा समाजका प्रथम अध्यक्ष केभिन रडले ‘‘प्रजातन्त्रका लागि सङ्घर्षका क्रममा १४ वर्षको कारावास र त्यसका चार वर्ष एकल कोठरी वासलाई तपाईंले व्यक्तिगत रूपमा र आध्यात्मिक रूपमा कसरी सहनुभयो ?’’ भन्ने प्रश्न गर्नुभएको थियो । 

‘‘मैले प्रजातन्त्रका लागि लडेको थिएँ । मैले प्रजातन्त्र मागेको थिएँ, कारावास होइन । मलाई समातियो र कारागारमा राखियो, त्यो मेरो छनोट थिएन । म बाँचेसम्म त्यहाँ बसेँ ।’’ 

उहाँले भन्नुभयो, ‘‘अवस्था पक्कै पनि सकारात्मक थिएन । अहिले कारागारमा अवस्था निकै फरक छ । अहिले प्रहरीले यातना दिन पाउँदैन । कारागारमा भोकै राख्न पाइँदैन तर डेढ महीना मलाई खाना नदिईकनै राखियो । मलाई निकै यातना दिइयो ।’’ 

‘तर त्यस समयमा कराउने कोही थिएन । कसैले पनि प्रश्न गरेन । त्यो एउटा सामान्य कुरा थियो । म निरङ्कुशताको विरोधमा थिएँ । कसैले निरङ्कुशतन्त्रको विरोधमा सङ्घर्ष गथ्र्यो, आवाज उठाउँथ्यो भने उसले पीडा भोग्नै पथ्र्यो । यो साधारण कुरा थियो’’, त्यतिबेलाको यातना र पीडालाई सहज रुपमा लिँदै उहाँले भन्नुभयो । 

‘कारागारको जीवन सम्झना गर्नयोग्य कुरा होइन । त्यो कठोर, दुःखदायी, यातनायुक्त थियो । मैले निरन्तर रूपमा सङ्घर्ष गरेँ । म झुकिन किनभने भविष्यको पुस्ताका लागि अवस्था परिवर्तन गर्नैपर्ने थियो । हामीले सबै कुरा सहनुपथ्र्यो र त्यो अवस्थालाई पुस्तौँ्पुस्ताले मैले जस्तै भोग्नुपर्ने अवस्था छोड्नु हुन्थेन । हामीले निरङ्कुशतन्त्र अन्त्य गर्नुपथ्र्यो ।’’ 


कार्यक्रममा अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री रडको एउटा प्रश्नको भाव यस्तो थियो ‘‘वर्तमान राजनीतिक अवधिमा तपाईंहरूको गत चौथाइ शताब्दी निकै राम्रो छ । तपाईंहरू सन् १९९० मा प्रजातन्त्रमा फर्कनुभयो । तपाईंहरू सन् २०१५ मा नयाँ संविधान घोषणाको निकै यातनापूर्ण मार्गबाट अगाडि बढ्नुभयो । गत वर्ष निर्वाचन भयो । तपाईं नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट ६४ प्रतिशतको बहुमतले विजयी हुनुभयो । तपाईं संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित हुँदा ७८ प्रतिशत बहुमत तपाईंको समर्थनमा भएको मलाई भनियो । संसद्मा सरकारले कार्यक्रम प्रस्तुत गर्दा तपाईंलाई संसद्को शतप्रतिशत समर्थन थियो । मैले अष्ट्रेलियामा त्यो प्राप्त गर्न सकिन । किन ?’’ 

अन्तरक्रियामा प्रधानमन्त्री ओलीले इतिहासमा नेपाल सधैँ स्वतन्त्र मुलुक बनेको अवस्था उल्लेख गर्दै राणाशासन र अन्य निरङ्कुशतन्त्रका विरोधमा जनताले गरेका सङ्घर्ष, राजतन्त्रको अन्त्य, हतियारको व्यवस्थापन र संविधानसभामार्फत नयाँ संविधान र गणतन्त्रको स्थापनाका बारेमा जानकारी दिनुभएको थियो । 

उहाँले माओवादीले मात्रै हतियार उठाएको नभई राणाशासनको विरोधमा कङ्ग्रेस पार्टीले पनि हतियार उठाएको तर हिंसाबाट समस्या समाधान गर्नु त्यतिबेला सबैभन्दा महत्वपूर्ण भएको बताउँदै अहिले राजनीतिक दलले हिंसाको नीतिलाई पूर्णतया छाडेको र कुनै एक समयमा उनीहरूले बन्दूकको गोलीबाट राजनीतिक शक्ति आउने कुरा बताए पनि अहिले उनीहरूले मतपत्रबाट यस्तो शक्ति आउने बताउन थालेको उल्लेख गर्नुभयो । 

‘नेपालका सबै ठूला राजनीतिक दलले कुनै न कुनै समय हतियार उठाएकै हुन् । पछिल्लो समयमा सबै एकै स्थानमा आएर गोलीले भन्दा जनताको मतले परिवर्तन र शान्ति स्थापना गर्न सकिन्छ भनेर उनीहरूले देखाए । नेपालको शान्ति प्रक्रिया मौलिक प्रकारको छ र यसलाई विश्वसामु प्रस्तुत गर्नुपर्छ ।’’ 

यसै भ्रमणक्रममा कोस्टारिकामा स्थापित राष्ट्र सङ्घ, शान्ति विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पु¥याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गरेको थियो । 

उपाधि ग्रहण गरेपछि दिइएको ब्याख्यानमा प्रधानमन्त्री ओलीले ‘‘आधुनिक समयका धेरजसो खराबीको जरा मानव मस्तिष्कमा रहेको गहन चिन्तन गर्दा’’ देखिने बताउनुभयो । ‘‘मानव मस्तिष्कमा देखिने हिंसाको प्रवत्तिले युद्ध र मानव दुर्घटना आरम्भ गराउँछ । केहीमा जन्मेका अधिक लालचले द्वन्द्व र भ्रष्टाचार आरम्भ गराउँछ । केहीलाई ढाकेको अज्ञानले असहिष्णुताको संस्कृति आरम्भ गराउँछ’’, उहाँले भन्नुभयो । 

‘स्मरण, सिर्जनात्मक क्षमता तथा कल्पनाशक्ति मानव मस्तिष्कलाई अन्यभन्दा उत्कृष्ट बनाउने पक्ष हुन् । जनताको मस्तिष्कलाई शिक्षा दिँदा उनीहरूलाई राम्रो व्यक्ति बनाउँछ र नयाँ क्षितिज खोल्छ । शिक्षाले व्यक्तिलाई समृद्ध बनाउँछ । समृद्ध व्यक्तिले परिवारलाई समृद्ध बनाउँछ । समृद्ध परिवारले समाजको विकासमा सघाउँछ र समृद्ध समाजले मुलुकलाई समृद्ध बनाउँछ । समग्रमा मानवताको अभिरुचिका लागि विश्वस्तरमा मुलुकहरूबीच समझदारीलाई समृद्ध बनाउँछ’’, उहाँले थप्नुभयो । 

प्रधानमन्त्री ओलीको तर्क थियो ‘‘युद्ध नहुनु नै शान्ति होइन । दबाइएको शान्ति, बाध्यकारी शान्ति र बाध्यकारी सहिष्णुपनाका रूपमा शान्तिलाई बुझ्नुहुन्न । यो व्यक्तिगत, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक व्यापक आयाममा बाँच्ने मस्तिष्कको अवस्था हो ।’’ उहाँले जनताको मस्तिष्कमा शान्तिका जग बसाउनुपर्नेमा जोड दिनुभयो । मुलुकका सन्दर्भमा उहाँको समग्र भनाइ थियो ‘‘नेपालका लागि सबै मित्र हुन् र कोही पनि शत्रु छैनन् । वर्तमान सरकार समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्त गर्न निरन्तर क्रियाशील छ ।’’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा