२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अध्यक्ष दाहालद्वारा मास्केप्रति श्रद्धाञ्जलि

२०७५, १२ कार्तिक सोमबार ०७:०१

कात्तिक १२, काठमाडाँै ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षासेवी एवं नेकपाका पुराना नेता सीताराम मास्केप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । 

नेकपाको मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले मास्केप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो । अध्यक्ष दाहालले मास्केको पार्थिव शरीरमा नेकपाको झण्डासमेत ओढाउनु भएको थियो । सोही अवसरमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णुप्रसाद पौडेल, सचिवालय सदस्य वामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा, नेता अग्निप्रसाद सापकोटालगायतले पनि मास्केप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । 

माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा एक महीनादेखि उपचार गराउँदै आउनुभएका ७१ वर्षीय मास्केको शनिबार मस्तिष्कघातका कारण निधन भएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । विसं २००४ माघ १९ गते आमा पदमकुमारी मास्के र बुबा विष्णुप्रसाद मास्केको कोखबाट तेह्रथुमको जलजलेमा जन्मिनुभएका मास्केका चार छोरा र श्रीमती हुुनुहुन्छ । उहाँ निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध सञ्चालन भएको राजनीतिक आन्दोलन, विद्यार्थी आन्दोलन, प्राध्यापक तथा शिक्षक आन्दोलनका क्रममा पटकपटक गरी तीन वर्ष जेल तथा हिरासतमा पर्नुभएको थियो । 

मास्के २०४३ सालमा भएको पञ्चायती निर्वाचनमा काठमाडाँै नगरपालिकाको प्रधानपञ्चमा नेकपा (माले)को तर्फबाट उम्मेदवार हुनुभएको थियो । उहाँले तत्कालीन मालेको काठमाडौँ जिल्ला कमिटी सदस्यको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका संस्थापक कोषाध्यक्ष रहनुभएका मास्केले सरकारी शिक्षक सेवाबाट निवृत्त भएपछि स्वयम्भूस्थित जलजला शिशु सदन सञ्चालन गर्नुभएको थियो । 

मास्के राष्ट्रिय खेलकूद परिषद्को उपाध्यक्ष र निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)को समेत महासचिव रहनुभएको थियो । उहाँले पुष्पलाल श्रेष्ठसँग सम्पर्क भएपछि राजनीति थाल्नुभएको थियो । हाल काभ्रेस्थित नमोबुद्धमा बस्दै आउनुभएको मास्के खेलकूद क्षेत्रको विकासको साथै उपभोक्ता जागरण अभियानका अभियन्तासमेत रहनुभएको थियो । यसैबीच पेशागत महासङ्घ नेपालले मास्केको निधनप्रति दुःख व्यक्त गरेको छ । महासङ्घका अध्यक्ष विश्वनाथ प्याकुरेलले आज विज्ञप्ति निकाल्दै मास्केको निधनले मुलुकको वाम तथा लोकतान्त्रिक आन्दोलन, पेशागत आन्दोलन तथा सामाजिक जागरण आन्दोलनलाई क्षति पुगेको बताउनुभएको छ ।  (रासस) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले