Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लगानी गर्न प्रदेश सरकार तयार: मुख्यमन्त्री शाही

२०७५, २ पुष सोमबार १५:१५

पुष २, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा आयोजना हुने विभिन्न सरकारी कार्यक्रमका लागि कर्णाली प्रदेश सरकार लगानी गर्न तयार रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा सोमवार वीरेन्द्रनगरमा गरेको मौलिक हक कार्यान्वयन सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सरकारी संयन्त्रले भात खाने र हल भाडा तिर्नको लागि विदेशी सहयोग लिइरहन जरुरी नभएको बताए ।

आयोग राज्यकै महत्वपूर्ण अंग भएको बताउँदै मुख्यमन्त्री शाहीले आयोगले विदेशी निकायसँग बजेट माग गरी कार्यक्रम आयोजना गरेकोप्रति तीव्र असन्तुष्टि जनाए । ‘कर्णालीमा भात खुवाउन नसकौला, सातु खुवाउँछौं,’ उनले भने, ‘हामी यहाँहरूलाई हल पनि उपलब्ध गराउन तयार छौं ।’ मुख्यमन्त्री शाहीले आफूले केही नगर्ने र जम्मै विदेशीसँगै सहायता माग्ने बानीका कारण नेपाल पछाडि परेको बताए । ‘हामी आफैंले आफूले गर्ने काम गर्न सक्दैनौं । आफूले गर्ने कामको विवरण विदेशीलाई दिएर बजेट माग गरेर मात्रै काम गर्छौं,’ मुख्यमन्त्री शाहीले भने, ‘तर अब यो परम्परा बदलौं । सरकारसँग स्रोत पर्याप्त छ । आउनुस् हामी दिन्छौं । बरु विदेशीसँग सानो बजेट माग गर्नुभन्दा विकल्प खोजौं ।’ उनले मानव अधिकार भनेको अरुलाई खुशी पार्नु भएको बताए । ‘मैले बुझेअनुसार मानवअधिकार भनेको अरुलाई नै खुशी पार्नु हो,’ उनले भने, ‘हामीलाई आयोगले सुझाव देओस् । हामीले कसरी मानव अधिकारको नमूना प्रदेश कर्णाली बनाउन सकिन्छ ? यहाँहरूले दिएको सुझाव अनुसार हामी अघि बढ्न चाहन्छौं ।’

मुख्यमन्त्री शाहीले सरकार जनताको आकांक्षा अनुरुपका कानून निर्माण गरिरहेको बताए । ‘कानून मात्रै बनाउने हो भने त हामी उहिल्यै बनाइसक्ने थियौं । मलाई इमेलमा थुप्रै कानूनका खेस्राहरू आउने गरेका छन्,’ उनले भने, ‘तर हामी कर्णालीका जनताको, कर्णालीको भूगोलको आवश्यकता अनुसारका कानून निर्माण गर्छौं । अमेरिकाको, भारतको कानूनले हामीलाई समृद्धि दिँदैन । मुख्यमन्त्री शाहीले भने, ‘प्रदेश सरकार भूगोलमै गएर सम्बन्धित पक्षसँग छलफल गर्छौं, अन्तर्क्िरया गर्छौं, सुझाव लिन्छौं र सोही सुझावलाई आधार मानेर जनताको चाहना बमोजिमका कानून निर्माण गर्छौं । हामीलाई कानून बनाउन हतार छैन ।’

आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले देशभरमै सबैभन्दा बढी मानव अधिकार हनन् हुने स्थान नै कर्णाली प्रदेश भएको बताए । ‘कालापहाडसँग प्रदेशको अर्थतन्त्र जोडिएको छ । पिठ्यूँमा भारी बोकेर जिउनुपर्ने बाध्यता कर्णालीवासीको छ,’ मन्त्री भण्डारीले भने, ‘चीनसँग सीमाना जोडिएको छ । तर मुसा पनि जिउँदो नेपाल प्रवेश गर्न सक्दैन । यो के मानव अधिकार हनन् होइन र ?’ मन्त्री भण्डारीले विभिन्न १६ वटा मौलिक अधिकारको कानून बनिसकेको बताउँदै ती कानूनलाई कडा रुपमा कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । ‘कर्णालीमा जन्मेको सन्तान उच्च शिक्षा पढ्न खोज्छ । तर आर्थिक अभावले उ रोकिन बाध्य हुन्छ,’ उनले भने, ‘बाल्यकालमा मलाई चामल र नूनको लाइनमा लाग्नुपर्थ्यो । हातमा पैसा भएर पनि किन्न नपाइने म कस्तो देशको जनता रहेछु भन्ने मलाई उतिबेला लाग्थ्यो । कर्णालीका केही जिल्लामा अहिले पनि त्यो परम्परा कायमै छ ।’ मन्त्री भण्डारीले मानव अधिकार तथा मौलिक अधिकारको कुरा गरेर मात्रै नहुने बताउँदै सरकार मानवअधिकार मैत्री हुने बताए । कार्यक्रममा सहभागीले कर्णालीमा बेरोजगारी, महिला हिंसा, अपाङ्गता भएकाको लागि उपयुक्त वातावरण नभएको, वातावरणको संरक्षण गर्नुपर्ने, नयाँ प्रदेशमा नयाँ संस्कृति अवलम्बन गर्नुपर्ने, जातीय छुवाछुतको अन्त्य गर्नुपर्नेजस्ता समस्या रहेको औंल्याएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली