५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धरहराको टुप्पोमा बसि सुधारिएको काठमाडौं हेर्ने मन छः प्रधानमन्त्री

१२ पुष २०७५, बिहीबार ०८:३१

पुस १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको टुप्पोमा चढेर काठमाडौं हेर्ने इच्छा रहेको बताएका छन् । 

धरहरा पुनर्निर्माणको बिहीबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले धरहराको टुप्पोबाट सुधारिएको काठमाडौं हेर्ने इच्छा व्यक्त गरेका हुन् | 


पहिलेको धरहरा चढ्न ज्येष्ठ नागरिकहरुलाई अप्ठ्यारो हुने भए पनि अब बन्ने धरहरा सजिलै चढ्न सक्ने बन्ने उनले बताए । उनले भने, ‘यसपल्ट धरहराको टुप्पामा जवानहरु मात्र चढ्नसक्ने होइन बुढापाकाहरु पनि चढ्न सक्नेछन् ।’

उनले धरहराको पुनर्निर्माण विकासकै लहरको एउटा हिस्सा भएको बताए । यसलाई उनले ऐतिहासिक कामको शुभारम्भ भएको बताए । २०७२ को भूकम्पले भत्काएका धेरै संरचना पुननिर्माण भइसकेको दाबी गर्दै प्रधानमन्त्री ओलीले केही पुनर्निर्माणको क्रममा रहेको बताए ।

‘मै बनाउँछु मेरो धरहरा’ नारा दिएर पुनर्निर्माणको अभियानलाई केही फरक ढंगले अगाडि बढाउन खोजे पनि त्यसमा ब्रेक लागेको उनले बताए । अहिले नयाँ संकल्पका साथ आफूहरु अगाडि बढेको उनले बताए । 

धरहराको पुनर्निर्माणमा आ-आफ्नो क्षेत्रबाट योगदान गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता