2026-07-07 07:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको शुभकामना संदेश

पुष १७, काठमाडौं (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । 

अङ्ग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अर्को नयाँ वर्षको सङ्घारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक विन्दुमा पुग्ने बताउनुभएको छ । प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ “ निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै मैले पटक पटक सङ्कल्प गरेको छु– जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन दिने छैन । सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु । ” 

प्रधानमन्त्रीओलीले सन् २०१८ संविधानकार्यान्वय र संक्रमणकाल अन्त्यको वर्ष भएको बताउनुभएको छ । 

प्रधानमन्त्री ओलीले सन् २०१८ लाई राजनीतिक उपलब्धिको वर्ष पनि भन्नुभएको छ । “ जननिर्मित नयाँ संविधानअनुसार निर्वाचनका माध्यमबाट तीनै तहका सरकार गठन भई बितेको वर्षमा राजनीतिक सङ्क्रमणकालको अन्त्य भयो ”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “सङ्क्रमणकालीन संशयहरुलाई चिर्दै ‘समृद्ध नेपाल–सुखी नेपाली’को सङ्कल्पसहित हामी विकास र समृद्धिको महाअभियानमा अभिमुख छौं । राजनीतिक सङ्घर्ष र व्यवस्थापनको बहसबाट सिङ्गै समाज विकास र समृद्धिको बहसतर्फ केन्द्रित रहन सक्यो ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने