2026-07-07 09:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाइडबडी घटनाका दोषीलाई जिम्मेवारीबाट मुक्त गर्न माग

2019-01-03

पुस १९, काठमाडौँ | विवेकशील साझा पार्टीले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरीदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिले रु चार अर्ब ३५ करोड ५६ लाख अनियमितता भएको ठहर गरेको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ । 

पार्टी प्रवक्ता डा सूर्यराज आचार्यले आज विज्ञप्तिमार्फत संसदीय छानविन उपसमितिले दोषी औंल्याएका सबैलाई तत्काल कार्यभारबाट मुक्त गरी निष्पक्ष कानूनी र न्यायिक प्रक्रिया पारदर्शिरुपमा यथाशिघ्र अघि बढाउन सरकारसँग माग गर्नुभएको छ । “सार्वजनिक खरिद प्रक्रियामा बारम्बार यो तहको भ्रष्टाचार हुनुले हाम्रो राज्य प्रणाली भ्रष्टाचारको चरम विकृतीले थलिएको स्पष्ट रुपमा देखिन्छ । अझ भ्रष्टाचारलाई वैधता दिने गरी नीति र कानुनको तहमा जानिबुझि छिद्र राखेर गरिने कैयौं नीतिगत भ्रष्टाचारका विषय त सार्वजनिक समेत हुँदैनन्” विज्ञप्तिमा उल्लेख छ ।

राजनीतिलाई राज्य दोहनको माध्यम बनाउने पारम्परिक राजनीतिक अभ्यास नै समस्याको मुल कारण भएको ठहर गर्दै सो पार्टीले यस्ता विकृतिलाई जरैदेखि उखेल्न आमजनता, नागरिक समाज, राजनीतिक दललगायतलाई आफ्नो ठाउँबाट सार्थक पहल गर्न समेत आह्वान गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने