Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाइडबडी खरिद प्रकरणको छानबिनमा राजनीतिक पूर्वाग्रहका आधारमा प्रतिवेदन आएको आशंका

२०७५, २० पुष शुक्रबार ०८:३५

पुस २०, काठमाडौं । वाइडबडी खरिदको छानबिन गर्न बनेको समितिकाले सदस्यले नै प्रतिवेदनको बचाउ गरेका छन् | सार्वजनिक लेखा समितिले छानबिन गर्न बनाएको उपसमितिका संयोजक राजेन्द्र केसी र सदस्यहरुले प्रतिवेदनको बचाउ गरेका हुन्  ।

शुक्रबार लेखा समितिमा भएको छलफलमा सत्तारुढड नेकपाका अधिकांश सांसदहरुले राजनीतिक पूर्वाग्रहका आधारमा प्रतिवेदन आएको आशंका गरेका थिए ।

तर, उपसमिति संयोजक राजेन्द्र केसीले इमान्दारिता र निष्ठामा प्रश्न नगर्न आग्रह गरे । केसीले समितिमा आएको टिप्पणीले दुःख व्यक्त गर्दै भने:- ‘राजनीतिक पूर्वाग्रह राखिएको छैन ।’

पर्यटनमन्त्री रविन्द्र अधिकारी र गृह सचिव प्रेम राईलाई दिएको सत्तारुढ सांसदहरुबाट आएको प्रश्नका उनले जवाफ दिए ।

तर, महालेखा परीक्षकको प्रतिवेदनले गल्ती औल्याइसकेको अवस्थामा मन्त्री अधिकारीले रकम भुक्तानी गरेको स्वीकार गरेको भन्दै उनले भने, ‘मन्त्रीले जिम्मेवारी लिनुपर्छ । विमान आउँदा मैले ल्याए भन्ने अनि कमजोरीबाट भाग्न पाइँदैन ।’

उनले गृहसचिव प्रेम राईलाई कारबाही सिफारिस गर्नुको कारण पनि खुलाए । उपसमिति संयोजक केसीका अनुसार यो विमान सार्वजनिक खरिद ऐनको ३६ (१) अनुसार मात्र खरिद गर्न मिल्छ । महाप्रवन्धक सुगतरत्न कंसाकारले त्यस अनुसार निर्णय गरेका थिए । तर, तत्कालीन पर्यटन सचिव रहेका राईले नै ३६ (२) अनुसार प्रक्रिया चाले र त्यहीबाट गडबडी सुरु भएको थियो ।

समितिका सदस्य प्रेम आलेले पनि दलभन्दा माथि उठेर प्रतिवेदन तयार पारेको बताए । उनले भने, ‘हामीले डस्टिबिनमा फालेको प्रतिवेदन उठाएर ल्याएको होइन । हामीले जे देखेका छौं, त्यही राखेका छौं । कुनै पूर्वाग्रह राखेको छैन ।’

छानबिन उपसमितिका अर्का सदस्य प्रदीप यादवले पनि तीन वटै मन्त्री दोषी रहेको बताए । उनले भने, ‘दोषको कसको कति छ भन्ने अख्तियारले छानविन गरोस् ।’

छानबिन समितिका संयोजक र सदस्यहरुले प्रतिवेदन थपघट गर्ने अधिकार समितिलाई रहेको तर सरकारले छानबिन समिति बनाउँदैमा लेखा समिति चुप बस्न नमिल्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली