2026-07-07 09:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाइडबडीमा मुछिएका पर्यटनमन्त्री अधिकारीले आज राजीनामा देलान् ?

पुष २३, काठमाडौ । पर्यटनमन्त्री रविन्द्र अधिकारीले सोमबार (आज) बिहान पत्रकार सम्मेलन गर्दैछन् । झोक्कि स्वभावका मन्त्री अधिकारीले आज पत्रकार सम्मेलन नै गर्ने भएपछी आफ्नो पदबाट राजीनामा दिने वा सफाई दिने मध्ये एक विषय आउने पक्का छ ।

आज विहान १० बजे मन्त्री अधिकारी, कृष्ण प्रसाद देवकोटा सम्बद्ध अधिकारी सहित पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको छ । बिहान ११ बजे नै लेखा समितिको बैठक बोलाइएको अवस्थामा मन्त्री अधिकारीले त्यसको १ घण्टा मात्र अघि अर्थात विहान १० बजे पत्रकार सम्मेलन गर्नुलाई फरक ढंगले लिईएको छ । यसकारण पनि केहि मिडियाले मन्त्री अधिकारीले राजिनामा गर्न सक्ने भन्दै समाचारहरु लेखेका छन् ।

पुस १८ मा संसदको सार्वजनिक लेखासमिति अन्तर्गतको उपसमितिले बुझाएको प्रतिवेदनमा वाइडबडी जहाज खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख अनियमितता भएको ठहर गरेको थियो भने सो अनियमिततामा मन्त्री अधिकारीसहित मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, निगमका महाप्रवन्धक सुगतरत्न कंशाकार, तत्कालीन पर्यटन सचिव प्रेमकुमार राई र शङ्कर अधिकारीलाई समेतलाई तत्काल निलम्बन गरी कारवाही गर्न सिफारिस गरिएको थियो । 

यसै बिषयमा संसदमा समेत संसदहरु बाझिएका थिए । सत्तापक्षकै सांसदहरुले भ्रष्टाचार भएको तर रविन्द्र अधिकारी सहित अन्य २ पर्यटनमन्त्री जीवनबहादुर शाही र जितेन्द्र नारायण देवलाई पनि उनि सरह कारवाहीको माग गरेका थिए । यस बिषयले पनि रविन्द्र अधिकारीले अब कि त आफू चोखो रहेको प्रमाण पेस गर्नुपर्ने छ भने कि पदबाट राजिनामानै दिनुपर्नेछ । 

रविन्द्र अधिकारी सहित मन्त्रीहरुले आफु मन्त्री हुँदा सार्वजनिक खरिद ऐन २०६३ को विपरीत अनियमित तरिकाले विमान खरिद प्रक्रिया अगाडि बढ्दा पनि यथेष्ठ सतर्कता नअपनाएकाले नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै दवाव दिईएको छ । 

वाइड बडी विमान खरिदमा घोटाला भएको भन्दै संसदको सार्वजनिक लेखा समिती अन्तर्गतको उपसमितिले अधिकारी पनि दोषी रहेको प्रतिवेदन बुझाएपछी रविन्द्र अधिकारीमाथि चौतर्फी प्रश्नहरु खडा भएका छन् । सामाजिक संजालमा उनि विरुद्ध बिभिन्न स्टाटस लेखिएका छन् भने सार्वजनिक कार्यक्रममै नाम किटानी गरेर युवा र सम्भावित नेताहरु भ्रष्टाचारको दलदलमा फसेको भन्दै टिप्पणी भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने