Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटन प्रवद्र्धनमा लगानी आवश्यक : नेता नेपाल

२०७५, २७ पुष शुक्रबार ११:१३

पुस २७, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रुपमा रहेका पर्यटन प्रवद्र्धनका लागि सबै पक्ष सक्रिय भएर लाग्नुपर्ने बताउनुभएको छ । 

गन्तब्य नेपाल न्यूज डटकमको सातौँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले बिनालगानी र मेहनत पर्यटन प्रवद्र्धन नहुने हुँदा यसका लागि सरोकार भएका निकायको सक्रिय भूमिका चाहिने बताउनुभयो । 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले अथाह सम्भावना भएर पनि नेपालको पर्यटन क्षेत्रले अपेक्षित लाभ लिन नसकेको उल्लेख गर्दै पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय पूर्वाधार र सम्पदा प्रवद्र्धनमा सरकार र निजी साझेदारितालाई प्रभावकारी बनाइनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “नेपालीको जस्तो आतिथ्यता संसारमा कहीँ पाइन्न, धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं भौगोलिक विविधतायुक्त मुलुकले सबैभन्दा लाभ लिने क्षेत्र भनेकै पर्यटन हो, यसका लागि राज्य र समाज सहकार्यका साथ अघि बढ्नुपर्छ ।” 

सन् २०१८ मा करीब १२ लाख विदेशी पर्यटक नेपाल भित्रिएको सन्दर्भमा नेता नेपालले मुलुकको प्रचुर पर्यटकीय सम्भावनाकाबीच यो सङ्ख्या अत्यन्तै न्यून हो भन्दै २० लाख हैन ३० देखि ५० लाखको हाराहारीमा पर्यटक स्वागत गर्नेगरी प्रवद्र्धनात्मक गतिविधि अगाडि बढाइनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

महत्वपूर्ण पर्यटकीय पूर्वाधारका रुपमा रहेका निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निमार्णलाई तीव्रता दिइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चुस्त व्यवस्थापन तथा काठमाडौँ उपत्यकालाई सुन्दर र सफा नगरीका रुपमा विकास गर्नसके अधिक सङ्ख्यामा पर्यटक आकर्षण गर्न सकिने उहाँले बताउनुभयो । 

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पर्यटन क्षेत्रलाई व्यावसायिक ढङ्गले प्रवद्र्धनात्मक गतिविधिका साथै सेवालाई गुणस्तरीय बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाई पर्यटन प्रवद्र्धनको अभियानलाई प्रभावकारीरुपमा अघि बढाइनुपर्ने बताउनुभयो । 

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले सरकारले लिएको ‘आर्थिक समृद्धि र सुखी नेपालीको’ नारालाई सार्थक बनाउने दरिलो आधार नै पर्यटन क्षेत्र भएकाले यसको प्रवद्र्धनका लागि सबै क्षेत्रको सहकार्य जरुरी भएको धारणा व्यक्त गर्नुभयो । 

राससकर्मी अधिकारी सम्मानित 

पत्रकारिताको माध्यमबाट मुलुकको पर्यटन प्रवद्र्धन तथा विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै संस्थाले राससका पत्रकार सिवी अधिकारीसहित तीन पत्रकारलाई सम्मान गरेको छ । 

सम्मानित हुनेमा रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला र कान्तिपुर टेलिभिजनका पत्रकार विकास थपलिया हुनुहुन्छ । संस्थाकोतर्फबाट पूर्वप्रधानमन्त्री नेपालले कदरपत्रद्वारा सम्मान गर्नुभयो । 

पर्यटन क्षेत्रमा योगदान पुर्याएको भन्दै नेपाल पर्यटन तथा होटल व्यवस्थापन राष्ट्रिय प्रतिष्ठानका कार्यकारी निर्देशक दुर्गादत्त ढकाल, पर्यटन व्यवसायी निमानुरु शेर्पा, कुलबहादुर गुरुङ, मनोजकुमार श्रेष्ठ, गीता गुरुङलगायतलाई पनि सम्मान गरिएको थियो । 

त्यस्तै, कार्यक्रममा ‘टुरिजम लाइफ टाईम अचिम्भेन्ट’ अर्वार्ड पर्यटन व्यवसायी खुमबहादुर सुवेदी र ‘ठमेल अवार्ड’ ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समीर गुरुङलाई प्रदान गरिएको थियो । रासस | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली