Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदीय सुनुवाइबाट तीन राजदूत अनुमोदित

२०७५, ८ माघ मंगलवार १०:३४

माघ ८, काठमाडौँ | सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सरकारद्वारा विभिन्न मुलुकमा सिफारिश भएका तीन राजदूतलाई आज अनुमोदन गरेको छ । 

समिति बैठकले राजदूतमा सिफारिश भएका क्यानडाका लागि भृगु ढुङ्गाना, स्वीट्जरल्याण्डका लागि मणिप्रसाद भट्टराई र कुवेतका लागि दुर्गाप्रसाद भण्डारीलाई अनुमोदन गरेको हो । बैठकमा तीनै जनाले आआफ्नो कार्यानुभव र भावी कार्ययोजनाका बारेमा प्रस्तुति दिनुभएको थियो । समिति सदस्यले प्रस्तावित राजदूतका योजनामाथि जिज्ञासा राख्दै गर्नुपर्ने थप कामका बारेमा सुझाव दिनुभएको थियो । 

बैठकले सरकारले राजदूत सिफारिश गर्दा संविधानको समावेशिताको भावना र मर्मबमोजिम नभएको भन्दै आगामी दिनमा त्यस विषयलाई पालना गर्न सरकारलाई निर्देशन दिएको छ । सो विषयमा आगामी बैठकमा परराष्ट्रमन्त्रीलाई बोलाएर छलफल गरिने समिति सभापति लक्ष्मर्णलाल कर्णले जानकारी दिनुभयो । 

समितिबाट अनुमोदित तीनै जना परराष्ट्र मन्त्रालयका सहसचिव हुनुहुन्छ । मन्त्रिपरिषद्को गत पुस ६ र ९ गते बसेको बैठकले भट्टराईलाई संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोग, जेनेभाको स्थायी प्रतिनिधि एवं स्वीट्जरल्याण्डका लागि आवासीय तथा इटाली, सानमारियो र लिस्टेन्स्टाइनका लागि गैरआवासीय राजदूतमा सिफारिश गरेको थियो । 

सोही बैठकले ढुङ्गानालाई क्यानडाका लागि आवासीय र क्युबा तथा जमैकाका लागि गैरआवासीय राजदूत तथा भण्डारीलाई कुवेतका लागि आवासीय र इराकका लागि गैरआवासीय राजदूतमा सिफारिश गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली