2026-07-07 11:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रमण एकदम सफल र फलदायी रह्यो: प्रधानमन्त्री

2019-01-26

माघ १२, काठमाडौँ, | प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका प्राथमिकता, नेपाली समाजको आर्थिक–सामाजिक रुपान्तरणका लक्ष्य र विदेशी लगानी भित्र्याउन वर्तमान सरकारले अङ्गीकार गरेका नीतिबारे विश्व समुदायलाई जानकारी गराउन आफ्नो स्वीट्जरल्याण्ड भ्रमण सफल रहेको बताउनुएको छ । 

डाभोस शहरमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई आज बिहान स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपालको पछिल्लो राजनीतिक विकासक्रम, शान्तिप्रक्रिया, संविधान जारी भएपछिका परिवर्तन र उपलब्धिबारे विश्वका विभिन्न मुलुकका नेतालाई जानकारी गराउन तथा नेपाल र स्वीट्जरल्याण्डबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन पनि भ्रमण फलदायी भएको बताउनुभयो । 

मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एशियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका दुई बेग्लाबेग्लै छलफलमा विश्वका विभिन्न मुलकका नेतासँग सहभागी हुँदा आफूले उद्यमशीलताको विकास, गरीब र धनीबीचको खाडल पुर्दै समतामूलक समाज निर्माणमा अग्रसर हुने, लोकतन्त्र र ‘प्रेस’ स्वतन्त्रताको रक्षा, आर्थिक उन्नयनका निम्ति सम्पर्क सञ्जाल विस्तार, क्षेत्रीयता प्रवद्र्धनलगायत विषयमा नेपालको धारणा व्यक्त गरेको जानकारी दिनुभयो । 

“लोकतन्त्रको सुदृढीकरण, राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा जनताका अधिकारको सुनिश्चितता, सार्वभौमसत्ता सम्पन्न जनताको सुरक्षा र सम्मान, प्रेसको अपरिहार्यता र त्यसको जिम्मेवारीबारे अभिमत प्रकट गरेँ” लोकतन्त्रमा अरुको अधिकारको सम्मान गर्ने तथा व्यक्ति, परिवार र समाजमा गलत सूचना प्रवाह गर्न नहुने प्रेसको दायित्व र नेपाली प्रेसले उपभोग गरेका प्रेस स्वतन्त्रताका विविध पक्ष ती छलफलमा उजागर गरेको जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो । 

मञ्चमा भाग लिन आउनुभएका विश्वका विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख, आर्थिक क्षेत्रका विज्ञ, विद्वत् समुदाय, बहुराष्ट्रिय कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायत विशिष्ट व्यक्तिसँग भएका आफूले अनौपचारिक विचारविमर्श गरेको चर्चा गर्दै ती सबै छलफलमा आफूले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य साकार पार्न वर्तमान सरकार दत्तचित्त भएर लागेको जानकारी दिएको बताउनुभयो । 

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सङ्घीय प्रतिनिधिसभाबाट शुक्रबार पारित भएकामा त्यसको प्रतिपक्षी दललगायत अन्य असन्तुष्ट पक्षले गरेको विरोधसम्बन्धी जिज्ञासाको जवाफमा प्रधानमन्त्रीले सबै समस्याको समाधान वार्ता र संवादबाटै गर्नुपर्नेमा जोड दिनुभयो । 

“आवेश र उत्तेजनामा होइन देशको संविधान, कानून तथा राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखेर काम गर्नुपर्छ, संविधानभन्दा माथि कोही छैन,” उहाँले भन्नुभयो । 

प्रधानमन्त्रीलाई विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उप्रप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख, नेपाल सरकारका सचिव निमित्त परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गर्नुभएको थियो । 

यसैबीच, प्रधानमन्त्री ओली विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भाग लिई फर्कने क्रममा शुक्रबार राति कतारको राजधानी दोहा आई पुग्नुभएको थियो । 

दोहा विमानस्थलमा प्रधानमन्त्री ओलीलाई कतारका लागि नेपाली राजदूत डा रमेशप्रसाद कोइरालाले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओली स्विट्जरल्याण्डको जुरिचबाट स्थानीय समयअनुसार शुक्रबार अपराह्न ४ः२२ मा जुरिचबाट दोहाका लागि प्रस्थान गर्नुभएको थियो । 

यसअघि शुक्रबार बिहान प्रधानमन्त्री ओलीले जुरिचस्थित इटिएच विश्वविद्यालयका अनुसन्धानकर्ता, नेपाली वैज्ञानिक तथा विद्यार्थीसँग नेपालमा व्यावसायिक तालीम सञगरी कसरी देशलाई समृद्धिको मार्गमा अघि बढाउन सकिन्छ भन्नेबारेको छलफलमा भाग लिनुभयो । 

सो अवसरमा नेपालमा अनुसन्धान तथा व्यावसायिक तालीम सञ्चालन गर्नुभएका विश्वविद्यालयको स्वीस इकोनोमिक इन्स्टिचयुटका डा उर्सुला रेनोल्ड तथा नेपाली वैज्ञानिक रन्जन मिश्र, राकेशचन्द्र प्रजापति, सुयोग श्रेष्ठ र दण्डपाणि पौडेलले विभिन्न प्रकारका वैज्ञानिक आविष्कारबारे तथा ती प्रयोग गरी कसरी देशको अवस्थामा सुधार ल्याउन सकिन्छ र कसरी देशमै अनुसन्धानका लागि लगानी गरेमा विदेशमा पढेका विद्यार्थीलाई पनि नेपाल फर्काउन सकिन्छ भन्नेबारे प्रस्तुति दिएका थिए । नेपाली विद्यार्थी भूउपग्रह बनाउने काममा समेत संलग्न रहेकोसमेत उनीहरुले जानकारी दिए । उनीहरुले सानोभन्दा सानो आविष्कारले पनि जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकिन्छ र नेपाललाई पनि स्वीट्जरल्याण्डजस्तै बनाउन सकिन्छ भन्ने कुरामा जोड दिएका थिए । 

सो अवसरमा प्रधानमन्त्री ओलीले देश अब राजनीतिक स्थायित्वमा प्रवेश गरिसकेकाले अब हामीले तीव्र विकास गर्नु आवश्यक भएकाले यस्ता नयाँ आविष्कार महत्वपूर्ण हुने बताउँदै नेपाललाई प्रविधि हस्तान्तरण गर्न स्वीस वैज्ञानिक तथा स्वीट्जरल्याण्डस्थित नेपाली वैज्ञानिकलाई पनि आग्रह गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने