2026-07-07 11:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारलाई जवाफ लिन निर्देश : अध्यक्ष तिमल्सिना

2019-01-28

माघ १४, काठमान्डौ | राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले स्व गिरिजाप्रसाद कोइराला र सुशील कोइरालका नाममा स्थापित अस्पतालका बारेमा सदनमा नेपाली काङ्ग्रेसले उठान गरेको चासो र चिन्ताका विषयमा आगामी बैठकमा जवाफ दिन सरकारलाई निर्देश गर्नुभएको छ । 

राष्ट्रियसभाको आजको दोस्रो बैठकमा उहाँले सो निर्देश गर्नुभएको हो । नेपाली काङ्ग्रेसले आफ्ना शीर्ष नेता स्व गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई सरकारले कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकामा आपत्ति जनाउँदै राष्ट्रियसभाको बैठक अवरुद्ध गर्दै आएको छ । 

आजको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृतसमेत गरेको थियो । बैठकपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सहमतिमा नै आएको सञ्चारकर्मीलाई बताउनुभयो । उहाँले एउटा विश्वविद्यालयले पाँच वटाभन्दा बढी चिकित्साशास्त्र अध्ययनका अनुमति दिइसकेको अवस्था रहेको चर्चा गर्दै अगामी दिनमा यसलाई विधेयकले व्यवस्थित गर्नेछ भन्नुभयो । 

नेपाली काङ्ग्रेसका सांसद सुरेन्द्र पाण्डेले आफ्नो पार्टीका सांसहदले सदनमा उठान गरेका विषयवस्तुमा सरकार गम्भीर बन्न नसकेको आरोप लगाउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने