2026-07-07 11:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहिर्गमित जनमुक्ति सेनाद्वारा शिविरमा भ्रष्टाचार गर्ने कमाण्डरहरुको नाम सार्वजनिक

माघ १६, काठमाडौँ । बहिर्गमित जनमुक्ति सेनाले पूर्वजनमुक्ति सेनाको शिविरमा भ्रष्टाचार गर्नेहरुको नाम सार्वजनिक गरेको छ । 

बुधबार काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलन गरी बहिर्गमित जनमुक्ति सेनाले तत्कालिन जनमुक्ति सेनाका ७ डिभिजन र २८ बिग्रेडका कमाण्डरहरु भ्रष्टाचारी भएको सार्वजनिक गरेको हो । 

पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष असिम लिम्बु ‘सुनिल’ ले राज्यबाट जनमुक्ति सेनाको नाममा गएको अर्बौ रकम कमाण्डरहरुले भ्रष्टाचार गरेको बताए । “ब्यारेकमा कसले कति भ्रष्टाचार गरेको छ भन्ने कुरा हामीलाई जानकारी छ । उनीहरु सबै कमाण्डरहरु भ्रष्टाचारमा सहभागी छन् । हामी तीनचार दिनमा सबै विवरणसहित सार्वजनिक गर्दैछौं’ अध्यक्ष लिम्बुले भने । उनले आफूहरुको नाममा आएको रकम कुम्ल्याएको र भाडा नै नदिएर अयोग्यको बिल्ला भिराएर जबरजस्ती घर पठाइएको बताए । 

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लिम्बुले आफूहरुले शान्तिपूर्ण समस्या समाधानको लागि वार्ता गरेको तर राज्यपक्ष जिम्मेवार नहुँदा सफल नभएको बताउँदै अब कडा संघर्षमा जाने चेतावनी दिए । 

कार्यक्रममा तेजबहादुर बुढाथोकी ‘अर्जुन’ले आफूहरु शान्तिप्रक्रियालाई टुंगोमा पुगोस् भनेर ब्यारेबाट निस्केको बताउँदै राज्यले अपमानजनक व्यवहार गरेको बताए । उनले सरकार र सबै राजनीतिक दल जिम्मेवार हुनुपर्ने बताए ।

 

त्यसैगरी संगठनका वरिष्ठ उपाध्यक्ष रमेश बसेल ‘करण’ले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भनेर नभएर तत्कालिन सर्वोच्च कमाण्डर प्रचण्डको आदेशमा ब्यारेक छोडेको बताए । उनले समस्याको समाधानको पहल पनि प्रचण्डले नै गर्नुपर्ने धारणा राखे । यूएनको रोहबरमा आफूहरुको व्यवस्थापन गर्ने भन्दै बाहिर पठाइएको बताउँदै करनले भने, “हामीलाई बाहिर पठाउँदा भने भन्दै अबको वार्ता यूएनकै रोहबरमा वार्ता हुन्छ ।” 

कार्यक्रमका अर्का उपाध्यक्ष योग्यबहादुर कार्की ‘प्रदिप’ले अहिलेसम्म आफूहरुले बोलेर आफ्ना मागबारे जानकारी गराईरहेको बताउँदै सरकारले समस्या समाधान गर्न नचाहेको बताए । उनले आफूहरुले बोल्न छोड्ने दिन आउन सक्ने चेतावनी समेत दिए । 

हालै काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै संगठनका महासचिव राजन थापा ‘सुवास’ले आफूहरुसँग तत्कालिन सरकारले गरेका वाचा पूरा नगरेको बताउँदै शान्तिप्रक्रिया नटुंगिएको बताए । उनले कोही व्यक्ति प्रधानमन्त्री र मन्त्री हुँदैमा शान्तिप्रक्रिया नटुंगिने बताउँदै समस्या समाधान नगरे कडा संघर्षमा जाने बताए । उनले जनमुक्ति सेनाको ब्यारेकमा भएको भ्रष्टाचारीलाई कारवाही गर्ने बताए । 

कार्यक्रममा भीमबहादुर तामाङले ब्यारेकमा भएको भ्रष्टाचारको प्रमाण आफूहरु नै भएको बताए । उनले आफूहरुबाट कटाएको पैसा कहाँ गएको भन्दै तामाङ, “हाम्रो नाममा काटिएको एकहजार कहाँ गयो ? गाडी कहाँ गए । भौतिक संरचना निर्माण हामीले गरेको हो । त्यसको नाममा गएको रकम कहाँ गयो ?”

केन्द्रीय समिति बैठकले सातवटै प्रदेशको इन्चार्ज पनि तोकेको छ । जसमा प्रदेश नं. १ मा मिसन शेर्पा ‘मिसन’, प्रदेश २ मा लक्ष्मी गौतम ‘अप्सरा’, प्रदेश नं. ३ मा पुष्कर सेढाई ‘ज्वाला’, प्रदेश नं. ४ रेमबहादुर पुन ‘विश्वास’, प्रदेश नं. ५ मा सुरज बुढा मगर ‘सुरज’, कर्णाली प्रदेशमा अनिता परियार ‘पूर्णिमा’ र सु्दूरपश्चिम प्रदेशमा रेश्मी शाही ‘रचना’लाई इन्चार्ज तोकेको छ । 

बहिर्गमित जनमुक्ति सेनाले अब नयाँ ढंगको संघर्ष गर्ने बताएको छ । पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा आफूहरुमाथि लगाइएको अयोग्यको बिल्ला खारेजीसँगै शिविरमा भएको भ्रष्टाचाविरुद्ध संघर्ष गर्ने बताइएको छ । 

योसँगै सरकार तथा तत्कालिन माओवादी नेताहरुलाई थप दवाव पुग्ने अनुमान गरिएको छ । पूर्व कमाण्डरविरुद्ध नै अख्तियारलगायतका निकायमा भ्रष्टाचार मुद्दा हाल्ने पनि बताइएको छ । 

तत्कालिन नेकपा माओवादी केन्द्रले शिविरमा भएको भनिएको भ्रष्टाचारबारे छानविन गर्न बनाएको बोगटी आयोगले तयार गरेको प्रतिवेदनमा सातवटै डिभिजनका कमाण्डरहरु भ्रष्टाचारमा संलग्न भएको निष्कर्ष निकालेको थियो । तर, उक्त आयोगले तयार गरेको छानविन प्रतिवेदन अहिलेसम्म गोप्य नै राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने