Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले श्रमको सम्मानका लागि देशव्यापी अभियान चलाउँदै छ: श्रममन्त्री विष्ट

२०७५, १८ माघ शुक्रबार १०:०८

माघ १८, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारीका अवसर सृजना सँगै श्रमको सम्मानका लागि देशव्यापी अभियान चलाउने तयारीमा जुटेको बताएका छन् । सरकारले देशभित्रै सरकारी, नीजि, सहकारी या अन्य क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने र रोजगारी सृजना गर्नेलाई प्रोत्साहित गर्ने गरि काम गरिरहेको मन्त्री विष्टले बताए ।


मन्त्रालयमा आज केही युवा उद्यमी तथा अभियन्ताहरुसँग छलफल गर्दै मन्त्री विष्टले काम सानो ठुलो हुँदैन, काम स्वयंमै सम्मानित हुन्छ भन्ने भावनाको विकास गर्न जरुरी रहेको बताए । ‘काम नगर्ने व्यक्ति,श्रम नगर्ने व्यक्तिको आर्थिक हैसियत रातारात बदलिने तर काम गर्ने, जोखिम मोल्ने, श्रम गर्नेको जीवनमा परिवर्तन नआउने, खालको अवस्थालाई सरकार बदल्न चाहन्छ, छलपलमा मन्त्री विष्टले भने "काम गर्ने व्यक्ति सम्मानित हुने र काम नगर्ने व्यक्ति अपमानित हुने खालको सस्कृतिलाई बढावा  दिन नसकेसम्म श्रमको सम्मान हुने वातावरण बन्दैन।'' मन्त्री विष्टले रोजगारी सृजनासँगै श्रमको सम्मानका लागि सरकारले अभियान चलाउन अन्तिम तयारीमा लागेको जानकारी गराए ।  

श्रमको सम्मान तथा रोजगारी सृजनाका विषयमा छलफल गर्न मन्त्री विष्टले आज केही युवा उद्यमी तथा अभियन्ताहरुलाई मन्त्रालयमा डाकेका थिए। दायित्व अभियानले संयोजन गरेको छलफलमा खाली शिशी, टुटल, फुड मारियो, आइरनमेन वर्क्स,  डोको, रिसाइक्लर्स, हर्वेदा, किङ्स कलेज, कौसी थिएटर लगायत रंगमञ्च, कृषि तथा प्रविधिको क्षेत्रमा काम गरिरहेका तीन दर्जन बढी युवा उद्यमीको सहभागीता रहेको थियो ।

कामलाई सम्मान गर्ने संस्कृतीलाई बढावा दिनका लागि मन्त्रालयले लेखक, कलाकार, साहित्यकार, पत्रकार, युवा उद्यमी, सामाजिक अभियन्ता, अनुभवी प्रतिष्ठित व्यक्तिहरुसँग छलफल तथा अन्तक्रिया गरिरहेको समेत मन्त्री विष्टले बताए । 

छलफलमा मन्त्री विष्टसँगै मन्त्रालयका सचिव महेश प्रसाद दहाल, सहसचिव तथा प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक प्रकाश दाहाल लगायतको उपस्थिती थियो । छलफलमा सहभागी उद्यमीहरुले श्रमको सम्मानका लागि समाजको बुझाइमै परिवर्तन ल्याउने गरि सरकारले काम गर्नुपर्ने धारणा राखेका थिए । सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रम तथा न्युनतम पारिश्रमिक लागुहुँदा पनि श्रम प्रतिको सम्मान बढ्ने विश्वास उद्यमीहरुको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली