2026-07-07 11:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रलाई समृद्ध बनाउन पहिचान स्वीकार्न आवश्यक – उपसभामुख तामाङ

माघ १९, काठमाडौं । प्रदेश नं. ३ का उपसभामुख राधिका तामाङले राष्ट्रलाई समृद्ध बनाउन राष्ट्रभित्रका सबै समुदायको पहिचानलाई स्वीकार्न आवश्यक रहेको बताएकी छिन् ।

नेपाल तामाङ समाजद्वारा काठमाडौंमा आयोजीति सोनाम ल्होछारको शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उपसभामुख तामाङले राष्ट्रभित्र विविध जातजाती तथा समुदायहरुको छुट्टछुट्टै इतिहास, सस्कार तथा चाडपर्वहरु रहेको उल्लेख गर्दै सबै समुदायको पर्वलाई समान रुपमा अंगिकार गर्न जरुरी रहेको बताएकी छिन् । उनले प्रदेश ३ मा लगभग १५ लाखभन्दा बढि जनसंख्या तामाङ समुदाय रहेको बताउँदै तामाङको इतिहासलाई कसैले मेटाउन नसकिने र प्रदेशमा तामाङको पहिचानसहितको संघीयतालाई कार्यन्वयनमा लैजान आफू संकल्पका साथ लागि पर्ने प्रतिवद्धतता व्यक्त गरिन् । 


उपसभामुख तामाङले प्रदेश नं. ३ लाई तामाङ समुदायका लागि सुन्दर फूलबारीको रुप दिदै उक्त त्यसको माली बन्न समुदायका अगुवाहरुलाई आग्रह गरिन् । उनले आफ्नो अधिकारका लागि लड्दा अन्य समुदायलाई पनि आत्म सम्मानका साथ हेर्नुपर्ने बताईन् । राष्ट्रका हरेक नागरिक तथा समुदायले अपनाउने चाड पर्वलाई राज्यले समान व्यवहार र सबैको अधिकार सुनिश्चित गराउन सक्नु नै राष्ट्रको उपलब्धीको रुपमा लिनुपर्ने बताईन् । उनले समुदायको विकास र परिवर्तन नै राष्ट्र निर्माणको आधार भएकाले समृद्धि राष्ट्रको परिकल्पनामा समुदायको पहिचानलाई संरक्षण गर्न जरुरी रहेको जिकिर गर्दै तामाङ समुदायको सोनाम ल्होछार पर्व लगायत अन्य संस्कारलाई प्रर्वद्धन गराउन समुदायका अगुवा तथा राजनीतिक दलहरुसंग आग्रह गरिन् ।  

त्यस्तै पूर्व राज्यमन्त्री पर्शुराम तामाङले सोनाम ल्होछारलाई तामाङहरुको राष्ट्रिय पर्वको रुपमा स्थापित गराउन आवश्यक रहेको बताएका छन्  । उनले पर्वले व्यक्तिको भावनात्मक विकास समेत गरिने भएकोले ल्होछारलाई गाउँघरसम्म पु¥याउन सबै लाग्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै नेपाल तामाङ घेदुङ संघका केन्द्र्रिय महासचिव बाबु घिसिङले यस वर्ष ल्होछारलाई राष्ट्रिय साँस्कृतिक पर्वको रुपमा मनाउन सयभन्दा बढि तामाङ संघसंस्थाको संयुक्त आयोजनामा बृहत कार्यक्रमको आयोजना गरेको बताएका छन् । महासचिव घिसिङले विगतमा भएको गल्ती कमजोरीहरुलाई आत्माआलोचना गर्दै तामाङ समुदायका संस्थाहरु एक ढिक्का भएर लाग्न आग्रह गरेका छन् । 


कार्यक्रममा नेपाल तामाङ घेदुङका सचिवलय प्रवक्त रामभक्त बम्जन, तामाङ चलचित्र संघका केन्द्रिय उपाध्यक्ष भुईसल लामा, एभरेष्ट फेसन होमका निर्देशक रञ्जिता तामाङ, धर्मगुरु लामा थुप्तेन लामा, युवा समाजसेवी डा. भिम लाल तामाङ, दोर्जेमान जिम्बा लगायतले मन्तव्य राखेका थिए । औपचारिक कार्यक्रमलाई समापन गर्दै नेपाल तामाङ समाजका अध्यक्ष पेमा लामाले समुदायमा चेतना अभिवृद्धि र एकताका लागि संस्थाको अभियानलाई साथ दिन तामाङ संघसंस्थाका प्रतिनिधि तथा नेतृत्वकर्ताहरुलाई आग्रह गरिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने