Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

व्यापार घाटा सन्तुलन गर्दै निर्यात प्रवद्र्धनमा जोड दिनुपर्छ: राष्ट्रपति

२०७५, २ फाल्गुन बिहीबार ०७:२५

फागुन २, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा चुलिएको व्यापार घाटालाई सन्तुलन गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । 

‘सङ्घीय नेपाल, लगानी र समृद्धिको अवसर’ भन्ने नाराका साथ नेपाल उद्योग परिसङ्घ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा आज यहाँ शुरु भएको पहिलो ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा उद्यमशीलताका लागि युवा जनशक्तिलाई उत्प्रेरित गर्न, लगानीमैत्री वातावरण सिर्जना गर्न र सरकारी सेवालाई संस्थागत र सरलीकरण एवं सुदृढ गर्न व्यावसायिक शिक्षा र तालीमको व्यवस्था गरी उद्यमशीलताबारे राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिनुभयो । 


उद्यमशीलताको माध्यमबाटै स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने भएकाले युवापुस्तालाई विदेश पलायन हुनबाट रोक्न सकिने बताउँदै उहाँले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई सार्थक बनाउन नेपाली युवालाई उद्यमशीलतामार्फत आर्थिक विकासमा प्रत्यक्ष सहभागी गराई उनीहरुमा रहेका ज्ञान, क्षमता, दक्षता र विज्ञतालाई उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

राष्ट्रपति भण्डारीले नयाँ सोच, नयाँपन, नवीन प्रविधि र सिर्जनशीलताको विकासमा सहयोग पुर्याउनुपर्ने बताउँदै नवीन सोच भएका युवाका लागि लगानी र उद्यमशील वातावरण तयार भएमा नेपाली युवा विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । 

मुलुकको आर्थिक विकासका लागि उद्यमशीलताबाटै स्वरोजगार एवं रोजगारी सिर्जना गर्न युवापुस्ताको भूमिका महत्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो । सम्मेलनले उद्यमीले भोग्नुपरेका समस्याको विश्लेषण गर्दै समाधानका उत्तम उपाय, चुनौती तथा अवसर पहिचान गरी सुझावसहित उचित निष्कर्ष निकाल्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले विद्यमान ऐन कानूनलाई सङ्घीय संरचनाअनुकूल बनाउन आफ्नो तर्फबाट लिनुपर्ने अग्रसरता सम्मेलनले लिने विश्वास व्यक्त गर्नुभयो । 

“देशको समग्र विकासलाई दृष्टिगत गर्दा हामीसँग भएका स्रोतसाधनको दिगो र उचित विकास गरी निर्यात प्रवद्र्धन गर्नुपर्र्ने मुख्य जिम्मेवारी देखिएको छ, यी कार्य सम्भव गराउन युवाले नवीनतम सोच र नवीन प्रविधिको प्रयोगबाट विश्व बजारमा प्रतिष्पर्धा गर्ने क्षमता राख्नुपर्छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मुलुकमा लामो समयसम्म अधिकारका लागि लडाइँ चलेको उल्लेख गर्दै अब आन्दोलनको मानसिकता त्यागी समृद्धिको लडाइँमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । 

उहाँले लगानीका लागि उचित वातावरण तयार गर्न सरकार तयार रहेको बताउँदै समस्या रहेका क्षेत्रको पहिचान गरी त्यसको समाधान गर्न सरकार व्यवसायीसँग छलफलका लागि जुनसुकै समयमा पनि तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अबको अर्थतन्त्रको लक्ष्य भनेको आयातमुखी होइन, निर्यातमुखी हुनुपर्छ ।” 

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले आर्थिक समृद्घिका लागि निजी क्षेत्र सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनुहुँदै पुराना कानून संशोधन गरी लगानीमैत्री बनाउन आग्रह गर्नुभयो । 

उहाँले लगानीको उचित वातावरण तयार गर्न प्रदेश तथा सङ्घीय सरकारसँग माग गर्दै अबको कानून लगानीमैत्री र लगानीका हिसाबले दक्षिण एशियाकै उत्कृष्ट बनाउन आग्रह गर्नुभयो । 

सम्मेलनको दोस्रोसत्रमा आजै विभिन्न व्यक्तित्वले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । सम्मेलनमा सातै प्रदेशका उद्योगमन्त्री, मुलुकभरका उद्योगी व्यवसायीलगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली