2026-07-07 02:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा निकट विद्यार्थी सङ्गठन र प्रहरीबीच झडप, ५ जना घाइते

2019-02-14

फागुन २, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन र प्रहरीबीच झपड भएको छ । 

अनेरास्ववियु तथा अनेरास्ववियु (क्रान्तिकारी)का विद्यार्थी नेता कालीमाटीस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सङ्गठन विस्तार गर्ने क्रममा प्रहरीसँग आज बिहान झडप भएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी गराउनुभयो । 

झडपमा क्रान्तिकारीका सचिव डिवी साउद, अनेरास्ववियुका सचिवालय सदस्य नारायण घर्तीलगायत पाँच घाइते हुनुभएको उहाँले बताउनुभयो । अन्य घाइते हुनेमा केन्द्रीय निर्वाचन आयोगका सदस्य सञ्जय दुवाडी, सम्पर्क विभाग सचिव सागर भट्ट, काठमाडाँै भूगोल जिल्ला कमिटी उपाध्यक्ष राजकुमार ढकाल रहनुभएको छ । 

अनेरास्ववियुका सचिवालय सदस्य घर्तीले आफू सरकारद्वारा सञ्चालित क्याम्पसमा सङ्गठन विस्तार गर्न जाँदा प्रतिष्ठान प्रशासनले प्रहरी बोलाएर कुटपिट गरेको बताउनुभयो । घाइतेमध्ये क्रान्तिकारीका सचिव साउदको बल्खुस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ । 

साउदलाई टाउकोमा पाँच टाँका लगाइएको सचिवालय सदस्य घर्तीले जानकारी दिनुभयो । प्रतिष्ठानका कार्यकारी निर्देशक दुर्गादत्त ढकालले प्रतिष्ठानमा अहिलेसम्म कुनै विद्यार्थी सङ्गठनको सङ्गठन नभएकाले जबरजस्ती सङ्गठन खोल्ने क्रममा प्रहरीसँग विद्यार्थी नेताको झडप भएको बताउनुभयो । 

“हाम्रो प्रतिष्ठानमा कुनै विद्यार्थी सङ्गठनको सङ्गठन छैन । बाहिरबाट आएर अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले बलजफ्ती सङ्गठन खोल्न थालेका थिए”, उहाँले भन्नुभयो, “प्रतिष्ठानमा अध्ययन गरिरहेका विद्यार्थीले सङ्गठन चाहिँदैन भन्दै थिए । बाहिर र भित्रका विद्यार्थीबीच सङ्गठन खोल्ने र नखोल्ने भन्ने विषयमा विवाद हुँदा प्रहरीसँग झडप भएको हो ।” 

उहाँले झपडमा दुवैतर्फका विद्यार्थी घाइते भएको जानकारी गराउनुभयो । संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले उक्त प्रतिष्ठान सञ्चालन गर्दै आएको छ । प्रतिष्ठानमा होटल व्यवस्थापन र सत्कार विषय अध्ययन हुँदै आएको छ । 

यसैगरी अनेरास्ववियुका महासचिव महरले विज्ञप्ति जारी गर्दै विद्यार्थी नेतामाथि आक्रमण गर्नेमाथि कारवाहीको माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने