2026-07-07 12:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन्दनलाइ रोक्न कांग्रेसले नेबिसंघ विघटन गरेको सिटौंला समूहको आरोप

2019-02-18

फागुन ६, काठमाडौं । नेपाल विद्यार्थी संघको तदर्थ समिति बनाउन आफ्नो समूहलाई पहिलो हिस्सा दिन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौंला नेतृत्वको समूहले माग गरेको छ । सिटौंला निकट विद्यार्थी नेताहरुले वाल्मिकि क्याम्पसमा पत्रकार सम्मेलन गर्दै तदर्थ समिति गठन गर्दा विधानको पूर्ण पालना गर्न र आफ्नो समूहलाई हैसियत अनुसारको हिस्सा दिन माग गरेका हुन् ।


पत्रकार सम्मेलनमा नेविसंघमा निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले नेविसंघको अघिल्लो महाधिवेशनमा आफ्नो समूहले सबैभन्दा बढी मत पाएको र केन्द्रीय समितिमा सबैभन्दा ठूलो शक्तिको रुपमा रहेको भन्दै सोही अनुसार तदर्थ समिति बनाउन माग गरे । नेविसंघमा सिटौला समूहको बलियो उपस्थिति रहेको काफ्लेको दावी छ । नेविसंघको पारित विधानमा उमेर हद लगाउने निर्णय भइसकेको भन्दै काफ्लेले ३२ वर्षमाथिको नेतृत्व आए समानान्तर समिति चलाउने चेतावनी दिए ।

कार्यक्रममा उपाध्यक्ष रामप्रसाद अधिकारीले पार्टीकै असहयोगका कारण महाधिवेशन नभएको भन्दै तत्काल तदर्थ समिति बनाएर ६ महिनाभित्र महाधिवेशन गर्नुको विकल्प नरहेको बताए । अर्का उपाध्यक्ष डिल्लीराम सुवेदीले नेविसंघलाई विद्यार्थीहरुको नियन्त्रणबाहिर लगेर पार्टी नेताको मुठ्ठीमा राख्ने कदम चालिए सह्य नहुने चेतावनी दिए ।नेबि सघका निबर्तमान केन्द्रिय सदस्य सुशील भट्टले लोकप्रिय नेता पुर्ब महामन्त्री कुन्दन राज काफ्लेलाई नेबि सघको अध्यक्ष बन्नबाट रोक्न पाटीले नेबिसघ भित्र अस्थिरता उत्पन्न गर्दै बिगठन हुने परीस्थितिमा पुर्यायको आरोप लगाउनु भयो । उहाँले उमेरको हदबन्दीको बहस लहड्को भरमा कैले ३२ बर्ष लगाउने त कैले हटाउने बहस गर्नु पाटीको नेतृत्वको कमजोरी भएको भन्दै बिधान भन्दा माथी नेतृत्व रहन नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने