2026-09-14 06:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री अधिकारीको ४ दिनअघिको त्यो अन्तिम सम्बोधन जहाँ निरन्तर ताली बजिरह्यो !

फागुन १६, पोखरा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लगातार तीन पटक निर्वाचन जितेको क्षेत्र, त्यसमा पनि जीवनको केही समय अध्यापन गरेको भविष्य निर्माण मावि अन्ततः उनको जिल्लाको अन्तिम सम्बोधन स्थल बन्न पुग्यो । 

जिल्ला र निर्वाचन क्षेत्रका कार्यक्रमलाई सधैँ प्राथमिकतामा राख्ने अधिकारी यही फागुन १२ गते पोखरा २१ स्थित भविष्य निर्माण माविको ६६ औँ वार्षिकोत्सवमा प्रमुख अतिथिका रुपमा विद्यालयमा पुगेका थिए । 

मन्त्री अधिकारीले आफ्नो व्यस्तताका बाबजुत पनि समय दिएसँगै हर्षित बनेको विद्यालय परिवार यतिखेर भने शोकमा छ । चार दिन अघि माविमा उनले गरेको अन्तिम सम्बोधन यतिखेर विद्यालय परिवारसहित सो क्षेत्रका स्थानीयवासीले झलझली सम्झिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल भुजेलले जानकारी दिए । 

‘आफ्नै निर्वाचन क्षेत्र त्यसमा पनि भण्डै चार महिना अध्यापन गरेको विद्यालयलाई उहाँले निकै माया गर्नुहुन्थ्यो’, उनले भने, ‘विद्यालयको विकासका साथै यहाँको भविष्य माथि सधैँ चासो र चिन्ता व्यक्त गर्ने अधिकारीको निधन हाम्रा लागि निकै पीडादायी भएको छ ।’ सम्बोधनका क्रममा मन्त्री अधिकारीले विद्यालयका साथै यस क्षेत्रको भौतिक पूर्वाधार विकासलगायतमा बोलेका थिए । 

विद्यालयमा प्राविधिक शिक्षाका लागि सहयोग गर्ने विश्वाससहितको मन्तव्यका क्रममा विज्ञान प्रयोगशाला अत्याश्यक भएको बताउँदै उनले भनेका थिए, ‘सहयोग विभिन्न स्थानबाट जुटाउँला, तीन चार महिनाको अवधिमा साइन्स ल्याब बनाउने गरी कामलाई अघि बढाउनुहोस्, त्यसमा सहयोग जुटाउने भूमिका खेल्नेछु, साइन्स ल्याब हुनैपर्छ ।’ मन्त्री अधिकारीले यस्तो बोलिरहँदा विद्यार्थी तथा अभिभावकले निरन्तर ताली बजाइरहेका थिए । 

बोलिसके पछि वचनबद्धता पूरा गर्ने अधिकारीको निधनले आफूहरू अत्यन्त मर्माहत भएको अध्यक्ष भुजेलले बताए । उक्त सम्बोधनमा राष्ट्रिय राजनीतिबारे समेत चर्चा गर्दै मन्त्री अधिकारीले सरकार मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढेको धारणा राखेका थिए । 

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न सबै क्षेत्रको सामूहिक प्रयास अपरिहार्य रहेको उल्लेख गर्दै सम्बोधनमा उनले असल संस्कार र मैत्रीपूर्ण भावनाका साथ विद्यार्थीलाई अग्रसर हुन सुझाव दिएका थिए ।

बहुचर्चित निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा ६ महिना अघिनै सम्पन्न हुने पनि अधिकारीले उक्त अवसरमा विश्वास व्यक्त गरेका थिए । 

भविष्य निर्माण माविमा २०४४ सालमा अधिकारीले शिक्षण गर्दा प्रधानाध्यापक रहनुभएका मनोरथ आचार्य तत्कालीन समयमा शिक्षकको अभाव भएका अवस्थामा उनले बिना पारिश्रमिक विज्ञान तथा गणित विषय पढाएर ठूलो गुन लगाएको स्मरण गर्छन् ।

‘त्यसै बेलादेखि नै मैले उहाँलाई हसिलो तथा जुझारु एवं सेवाप्रति समर्पित व्यक्तिका रुपमा चिनेको हुँ’, आचार्यले भने, ‘उहाँमा रहेका विकास प्रेम, मिलनसारिता जस्ता गुण भनिसाध्य छैनन्, के गर्नु दैवको नियति अत्यन्त मर्माहत बनाएको छ ।’ 

भरतपोखरीको शान्ति उदय माविबाट प्रवेशिका उत्तीर्ण गरेका अधिकारीको निधनले यतिखेर उनका समकालीन मित्रका साथै शिक्षक तथा अभिभावकका आँखा रसाएका छन् । शिक्षा प्रेमी अधिकारीको निधनले विद्यालयको आशा एवं विश्वासको धरोहरको अन्त्यका रुपमा महसुस गरिएको भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष मोती भुजेल बताउँछन् । 

‘उहाँमा रहेको विकासप्रेमी सोच, मिलनसार व्यक्तित्व सबैका लागि अनुकरणीय थियो, उहाँको अभाव विद्यालय एवं यहाँको समाजमा सधैँ खट्किरहने छ’, भुजेलले थपे । अधिकारीको छिमेकीसमेत रहेका विद्यालयका पूर्वविद्यार्थी सविन आचार्य बच्चादेखि वृद्धसम्म सबैसँग मिल्ने उनको व्यवहारले के बालक, के वृद्ध यतिखेर सबै शोकाकुल रहेको बताउँछन् । 

‘जिल्लाका साथै जन्मस्थान भरतपोखरीको समग्र विकासमा उहाँको धेरै योगदान छ, उहाँकै पहलमा धेरै पुलपुलेसा, बाटोघाटो निर्माण भएका छन्’ आचार्यले भने, ‘उहाँले अघि सारेका बाँकी योजनालाई पूरा गर्नुपर्छ ।’ रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ