2026-09-12 05:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कैलाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

फागुन १५, गोदावरी । नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि आज  मतदान  हँुदैछ । धनगढीको कवर्डहलमा मतदान सुरु हुने बताइएको छ ।

नयाँ नेतृत्व चयनका लागि तीन प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा तीन जनाले आआफ्नो प्यानलसहित शनिबार मनोनयन दर्ता गरेका छन् । सहमति हुन नसकेपछि तीन प्यानल बनेका छन् । 

निवर्तमान उपसभापति प्रकाशबहादुर बम र पूर्वउपसभापति नारायणदत्त भट्टले सभापतिमा उम्मेदवारी दिनुभएको छ । यसअघि सभापतिमा उम्मेदवारी घोषणा गरेका भीम बडुवालले भट्ट नेतृत्वको प्यानलबाट उम्मेदवारी दिनुभएको छ ।

भट्टको प्यानलबाट उपसभापतिमा बडुवालसँगै रामप्रसाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी तथा सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दिनुभएको छ । 

बमको प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशङ्कर भट्ट, सचिवमा नृप सुनार र थर्क शाह तथा सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काले उम्मेदवारी दर्ता गर्नुभएको छ । सभापतिमा रामबहादुर कलेलले उम्मेदवारी दिनुभएको छ । उहाँको प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय, सचिवमा देवानन्द जैशी र नवराज जोशी तथा सहसचिवमा रवीन्द्रप्रताप सिंह र तीर्थराज जोशीले उम्मेदवारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस