Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बाराको करैयामाइमा जसपा विजयी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ ३, बारा | </b>बाराको करैयामाइ गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका शम्भुप्रसाद यादव विजयी भएका छन् ।<br></p><p>यादव ५ हजार ५९८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी भुवनेश्वर धामीले ३&nbsp; हजार ४ सय र तेस्रो स्थानमा रहेका एमालेका कृष्णप्रसाद चौधरीले २ हजार १८८ मत पाए ।</p><p>उपाध्यक्षमा पनि जनता समाजवादी पार्टीका सुनैनाकुमारी चौधरी निर्वाचित भएकी छन् । उनले ५ हजार ४३९ मत पाइन् भने निकटतम प्रतिस्पर्धी चित्ररेखाकुमारी चौधरीले ३ हजार १७२ मत पाएकी छन्&nbsp;</p>