भदौ १८, काठमाडौँ | शिविरमा सेना र हतियार राख्ने सम्झौता हुँदासम्म माओवादीलाई राज्यप्रति विश"/>
भदौ १८, काठमाडौँ | शिविरमा सेना र हतियार राख्ने सम्झौता हुँदासम्म माओवादीलाई राज्यप्रति विश"/>
भदौ १८, काठमाडौँ | शिविरमा सेना र हतियार राख्ने सम्झौता हुँदासम्म माओवादीलाई राज्यप्रति विश्वास थिएन । हतियार बुझाएपछि आफूहरुलाई ‘जे पनि’ गर्न सक्ने आशङ्का उसमा थियो । राजा ज्ञानेन्द्रले परिवर्तन उल्टाउन पनि सक्छन् भन्ने आशङ्का कायमै भएकाले माओवादीले केही राम्रा हतियार लुकाउने योजना बनायो । तर, यसको सल्लाह प्रचण्ड र बाबुरामले गिरिजाप्रसाद कोइरालासँग गरे । बाबुराम त्यस बेलाको घटना स्मरण गर्छन्- ‘गिरिजाबाबु, केही ठेगान छैन । अलिकति हतियार त राख्नुपर्छ कि ?’ यति भन्नासाथ कोइरालाले अप्रत्याशित जवाफ दिए । कोइरालाले जोसिँदै भने- ‘हुन्छ हुन्छ, राख्नूस् राख्नूस्, के पर्छ पर्छ । अलिकति लुकाउनूस्, हामीले पनि लुकाएकै हो ।’ नेपाली काङ्ग्रेसले आफूले गरेको सशस्त्र क्रान्तिपछि पनि दुवैपटक हतियार लुकाएको थियो । गिरिजाप्रसादले उक्त कुरा स्मरण गर्दै माओवादीलाई पनि हतियार लुकाउन सल्लाह दिए । त्यसपछि माओवादी जनमुक्ति सेना र हतियार शिविरमा जम्मा गर्ने क्रममा चार सय थान आधुनिक र राम्रा राम्रा हतियार लुकायो । यो कुरा माओवादीमा प्रचण्ड, बाबुराम र केही कमान्डरलाई मात्र थाहा थियो भने अन्य दलका कोइरालालाई मात्र थाहा थियो । सेना समायोजन प्रक्रिया टुङ्गिने-टुङ्गिने बेलामा प्रचण्डले ती हतियार एउटा विदेशी खुफिया एजेन्सीलाई बेच्ने तयारी गरे । तर, हतियार सीमा कटाएर लैजान प्रचण्डलाई गारो पर्यो । त्यसपछि प्रचण्डले तत्कालीन प्रधानमन्त्री बाबुरामलाई उक्त ‘डिल’ बताए । प्रधानमन्त्रीले चाहेमा हतियार सुरक्षित तरिकाले सीमा कटाउन सकिने भएकाले प्रचण्डले बाबुरामलाई ‘तपाईंले मिलाउनूस्’ भने । बाबुरामले ‘रगतसँग साटेका हतियार बेच्नु ठूलो गल्ती र अपराध हुने’ भन्दै प्रचण्डलाई त्यसो नगर्न आग्रह गरे । साथै, उनले हतियार बेचिए कुनै न कुनै बेला उक्त कुरा सार्वजनिक हुनेतर्फ पनि सचेत गराए । त्यसपछि प्रचण्डले हतियार बेच्ने योजना खारेज गरे । त्यसको केही समयपछि प्रधानमन्त्री बाबुरामले तत्कालीन प्रधानसेनापति छत्रमान सिंह गुरुङलाई बालुवाटारमा बोलाएर लुकाइएका हतियारबारे जानकारी दिँदै ती हतियार सुरक्षित रुपमा सम्बन्धित ठाउँमा ल्याएर राख्न निर्देशन दिए । सेनापति गुरुङलाई प्रधामन्त्री बाबुरामले ती हतियार सेनाको छाउनीस्थित भण्डारमा राख्न निर्देशन दिए र त्यसै गरियो । तर, प्रधानमन्त्रीले प्रधानसेनापतिलाई निर्देशन दिनुअघि नै नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा नवलपरासी र कैलालीमा लुकाइएका केही थान हतियार ‘चोरिए’ । कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
लुकाइएको हतियार प्रचण्डले बेच्न खोजे, बाबुरामले दिएनन्, ‘विप्लव’ नेतृत्वले चोर्यो
- पत्रकार अनिल थापाद्धारा लिखित पुस्तक डा. बाबुराम भट्टराईको जीवनी ‘अविराम बाबुराम’ को अंशबाट निकालिएको । यो पुस्तक आज सार्वजनिक हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार