रमेश लम्साल/भदौ ३०, काठमाडौँ । बर्सेनि घाटाको व्यापार गर्दै आएको नेपाल विद्युत् प्राधिकरणलाई सुधार गरेर व्यवसायी र प्रतिस्पर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रमेश लम्साल/भदौ ३०, काठमाडौँ । बर्सेनि घाटाको व्यापार गर्दै आएको नेपाल विद्युत् प्राधिकरणलाई सुधार गरेर व्यवसायी र प्रतिस्पर्"/>
३ कार्तिक २०८१, शनिबार
काठमाडौँ - KTM

चुनौतीको चाङमा प्राधिकरणका नवनियुक्त कार्यकारी

३० भाद्र २०७३, बिहीबार १०:४७

रमेश लम्साल/भदौ ३०, काठमाडौँ । बर्सेनि घाटाको व्यापार गर्दै आएको नेपाल विद्युत् प्राधिकरणलाई सुधार गरेर व्यवसायी र प्रतिस्पर्धी संस्थाको रुपमा अगाडि बढाउनु नवनियुक्त कार्यकारी प्रमुख कुलमान घिसिङको प्रमुख चुनौती रहेको छ । 

सरकारले बुधबार मात्रै प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा प्राधिकरणकै निर्देशक घिसिङलाई नियुक्त गरेको छ । कार्यक्षमतामा प्रश्न उठेपछि तत्कालीन कार्यकारी निर्देशक मुकेशराज काफ्लेले राजीनामा दिएपछि घिसिङलाई चार वर्षका लागि नियुक्त गरेको हो । 

सरकारले चार वर्षअघि सुधार गर्ने मार्गचित्रसहित रु २९ अर्ब घाटा अपलेखन गरेको भए पनि पछिल्लो समयमा पुनः घाटा सोही परिमाणमा पुगेको छ । अहिले प्राधिकरणको घाटा करिब रु २९ अर्ब पुगेको छ । बढ्दो घाटालाई नियन्त्रण गरेर व्यापारिक र व्यावसायिक संस्थाको रुपमा प्राधिकरणलाई अगाडि बढाउन, नयाँ आयोजनाको खोजी, त्यसको निर्माण तथा उपभोक्तालाई सहज लाभ दिनु कार्यकारी प्रमुख घिसिङसमक्ष चुनौती रहेको छ । 

सरकारले गत फागुन ६ गते घोषणा गरेको ऊर्जा सङ्कट कार्ययोजनालाई लागू गराउने प्रमुख निकायको रुपमा प्राधिकरण नै रहेको छ । कुल ९९ बुँदे उक्त कार्ययोजनामा ३० भन्दा बढी बुँदा प्राधिकरणसँग प्रत्यक्ष जोडिएका छन् । यस्तै दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यलाई पूर्णता दिन प्राधिकरण अगाडि बढ्नुपर्ने हुन्छ । 

प्राधिकरणले अगाडि बढाएको ३२ मेगावाटको चमेलियाको समय र लागत बढ्दै गएको छ । प्रतिमेगावाट लागत रु ५७ करोडको हाराहारीमा पुगेको सो आयोजना समयमै सम्पन्न गर्ने वातावरण बनाउनु घिसिङको अर्को चुनौती छ । प्राधिकरणले निर्माण गरिरहेको चिलिमेको समस्या समाधान गर्ने विषयमा संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतले छलफल गरे पनि हालसम्म आयोजना अगाडि बढ्न सकेको छैन । सो आयोजनाका प्रमुख राजेन्द्र मानन्धर ठेकेदारसँग छलफल अगाडि बढाइएको र चाँडो सम्पन्न गराउने दिशामा केन्द्रित रहेको बताउनुहुन्छ । 

त्यस्तै भूकम्प र भारतको अघोषित नाकाबन्दीको चपेटामा परेको माथिल्लो त्रिशूली थ्री ए आयोजना अगाडि बढाउन पनि निकै चुनौती छन् । कुल ६० मेगावाट क्षमताको सो आयोजनाको ऋण तिर्ने समय सुरु भएको भन्दै चिनियाँ आयातनिर्यात बैंकले पत्राचार गरेको अवस्थामा आयोजनालाई गति दिन कार्यकारी निर्देशक घिसिङ्ले प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ । आयोजना प्रमुख फणीन्द्रराज जोशी केही प्राविधिक विषय सञ्चालक समितिमा रोकिएका कारण त्यहीबाट फुकाउनुपर्ने अवस्थामा रहेको बताउनुहुन्छ । 

कुल १४ मेगावाट क्षमताको कुलेखानी तेस्रोको पनि समय र लागत बढ्दै गएको छ । चिनियाँ ठेकेदारले चासो नदिएको र नेपाली ठेकेदार कम्पनी गोल्छा अर्गनाइजेसनले सोचेअनुसार काम नगरेको सो आयोजनालाई आगामी मङ्सिरसम्म सम्पन्न गर्ने लक्ष्यलाई पूरा गर्नु घिसिङको अर्को चुनौती हो । 

यस्तै प्राधिकरणभित्र दर्जन हाराहारीमा रहेका कर्मचारी सङ्घ सङ्गठनको अवरोध तथा घेराबन्दी पनि उहाँका लागि अन्य चुनौतीका रुपमा रहेका छन् । 

प्रसारण लाइन निर्माणमा जोड दिनुपर्छ– इपान 

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(इपान)का अध्यक्ष खड्गबहादुर विष्ट क्षमताको हिसाबले योग्य मान्छे भएकाले आफूहरुले घिसिङ्को उत्साहका साथ स्वागत गरेको बताउनुहुन्छ । उहाँले सरकारले सार्वजनिक गरेको दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई पूरा गर्ने प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न विशेष जोड दिनुपर्ने बताउनुभयो । 

विष्टले भन्नुभयो “आयोजना बनाउने तर प्रसारण लाइन नबनाउने प्राधिकरणको प्रवृत्तिको अन्त्य गर्दै तत्काल सोलु, काबेली, कालीगण्डकी, दोर्दी कोरिडोरमा रहेका प्रसारण लाइन निर्माणमा जोड दिनुपर्छ ।” 

प्राधिकरणले जिम्मा लिएको प्रसारण लाइनको काम अगाडि नबढ्दा रसुवाको चिलिमे हवमा उत्पादन हुने विद्युत् खेर जाने अवस्था आएको छ । यस्तै मस्र्याङ्दी कोरिडोरमा प्राधिकरणले नै काम नगर्दा प्रवद्र्धक आफैँ प्रसारण लाइन बनाउन जुट्नु परेको छ । प्राधिकरणको ढिलासुस्तीका कारण ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी आयोजनाले तत्काल पूर्ण क्षमतामा आयोजना चलाउन नसक्ने अवस्था रहेको छ । 

यस्तै आगामी हिउँदमा भारतबाट थप विद्युत् आयात गर्ने भनिए पनि सवस्टेसन समयमा नबन्ने हो कि भन्ने आशङ्का कायम नै छ । सो आशङ्का हटाउनु र प्राधिकरणलाई गति दिनु घिसिङको दायित्व रहेको छ । 

रासससँग कुरा गर्दै घिसिङले प्राधिकरणलाई नाफामुखी संस्थाको रुपमा विकास गर्ने र सरकारले घोषणा गरेको ऊर्जा सङ्कट कार्ययोजनालाई पूर्ण रुपमा लागू गर्ने, नयाँ आयोजनाको खोजी र निर्माण सुरु गर्ने बताउनुभयो । इन्द्रजात्राका कारण आज सार्वजनिक बिदा परेकाले घिसिङको शुक्रबार औपचारिक नियुक्ति हुनेछ । ऊर्जा मन्त्रालय र प्राधिकरणबीच कार्यसम्पादन करार समेत गर्ने तयारी गरिएको मन्त्रालयका सहसचिव कौशलचन्द्र सुवेदीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो