Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आँबुखैरेनी नजिकै खानिखोलामा सडक भासियो, पृथ्वीराजमार्ग अवरूद्ध

By साझासवाल 2 मिनेट पढाइ

पुस ३, तनहुँ | तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानिखोलामा सडक भासिएको छ। आज बिहान करिब १० बजेतिर सडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको छ।

सडक चौडा गर्ने क्रममा पुलनजिकै सडक भासिएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काका अनुसार सडक डाइभर्सन बनाउन खोज्दा सडक भासिएको हो।

खाल्डोमा माटो राखेर पुरेर सडक पुन: सञ्चालनमा ल्याइने उनले बताए।