२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

पदयात्रीको रोजाइको गतिलो गन्तव्य बन्यो नवलपरासीको देवचुली डाँडा

६ आश्विन २०७३, बिहीबार ०७:५८

असोज ६, कावासोती । नवलपरासीमा रहेको सबैभन्दा अग्लो चुचुरो देवचुली डाँडा पदयात्राका लागि गतिलो गन्तव्य बनेको छ । तिनकन्या माइको मन्दिर, गोलपोखरी शान्ति पार्क र यहाँको मगर संस्कृतिले पदयात्रीलाई आकर्षित गर्न थालेको छ । 

नवलपुरको थारु संस्कृति र मध्यवर्ती जङ्गलमा पाइने बाघ, हात्ती, गैँडा हेर्न आउने पर्यटक बढी मात्रामा यो क्षेत्रको पदयात्रामा आउने गरेका छन् । 

देवचुलीको धार्मिक र ऐतिहासिक पुरातात्विक विषयमा प्रचारप्रसार गरी सिङ्गो पर्यटन क्षेत्रको विकास गर्ने गरी पूर्वाधार निर्माणको काम भएपछि यहाँ आउने पर्यटक बढेको देवचुली डाँडा पर्यटकीय क्षेत्र पूर्वाधार विकास समितिका अध्यक्ष पदमराज गिरीले बताउनुभयो । नवलपरासीमा पनि पदयात्राका लागि उपयुक्त ठाउँ छ भन्ने चिनाउन सफल भएको एकीकृत पर्यटन विकास मञ्चका हरिभक्त कँडेलले बताउनुभयो । 

देवचुलीबाट पोखराको शिरमा रहेका हिमशृङ्खलासमेत देख्न पाइने, मगरको कौरा, झ्याउरेलगायत सांस्कृतिक कार्यक्रमबाट स्वागत हुने भएकाले पर्यटकले भरपुर मनोरञ्जन लिन सक्ने हुँदा पदयात्रा आनन्ददायी हुने गरेको पदयात्री रामजी रानाले बताउनुभयो । 

देवचुली पर्यटकीय क्षेत्रको पूर्वाधार विकासका लागि समितिले १९३६ मिटर अग्लो डाँडामा २३ फिट अग्लो भ्यूटावरको निर्माण पूजालाई व्यवस्थित गराउन तीन कन्या माईको मन्दिर निर्माण, खानेपानी व्यवस्थाका लागि फेदीमा खानेपानीको व्यवस्था गरिएको देवचुली डाँडा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माण समितिका कोषाध्यक्ष मीनबहादुर सोती मगरले बताउनुभयो । 

देवचुली भ्रमणमा आउने पाहुनाका लागि स्थानीय खाना ढिँडो, लोकल कुखुराको मासुसहित स्थानीय घरमा राखिने गरिएको छ । पूर्वपश्चिम राजमार्गको नारायणगढदेखि करिब २३ किमी दलदले बजारबाट उत्तरतर्फ रहेको देवचुलीमा विगत तीन वर्षदेखि पर्यटकीय विकासका पूर्वाधारहरु बन्न थालेपछि शैक्षिक भ्रमणका लागि आउने पिकनिकका लागि आउने, तीनकन्या माईको पूजा गर्न आउनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको देवचुली डाँडा संरक्षण तथा पर्यटकीय निर्माण समितिले जनाएको छ । 

थारु समुदायले भने कुमारवर्ती माईका रुपमा यहाँ पूजा गर्दै आएका छन् । 

पर्यटकका लागि नवलपुरमा बस्नका लागि नारायणी नदी किनारमा होटल बन्न थालेका छन् । चितवन निकुञ्जमा जङ्गल घुम्न आउनेहरु देवचुलीमा प्राकृतिक सांस्कृतिक र मनोरम दृश्यको दृश्यावलोकन गर्न पाइने भएकाले तीनदिनदेखि पाँचदिनसम्म यहाँ बस्ने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…