२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा यातायात बन्दले सर्वसाधारण मर्कामा

२०७३, ६ आश्विन बिहीबार ०८:०८

असोज ६, बर्दिया । बर्दियामा भेरी यातायात प्रालिले नियम विपरीत गाडी सञ्चालन गरेको भन्दै कृष्णसार यातायात बस व्यवसायी समितिले तीन दिनदेखि आफ्ना सम्पूर्ण यातायातका साधन बन्द गरेको छ । 

बर्दियाका बस व्यवसायीलाई धरासायी बनाउनका लागि भेरी प्रालिका नाममा व्यक्तिगत गाडी सञ्चालन गरेकाले त्यसको विरोधमा आफू मातहतका सबै गाडी बन्द गरिएको कृष्णसार समितिका अध्यक्ष शम्भु रिजालले बताउनु भयो । 

उता भेरी प्रालिले सञ्चालन गर्ने गाडी भेरीको नाममा नभएर व्यक्तिका नाममा दर्ता भएकाले आफूले सबै प्रक्रिया पूरा गरेर यातायात सञ्चालन गरेको प्रालिका अध्यक्ष राजेन्द्र गिरीले बताउनुभयो । 

उता कृष्णसार बस व्यवसायी समितिद्वारा बर्दियाबाट सञ्चालन हुने दैनिक लामो तथा छोटो दूरीका ९० बढी गाडी बन्द भएपछि सर्वसाधारण समस्यामा परेका छन् । 

यातायात व्यवसायीको आन्दोलनका कारण सर्वसाधारणले दुःख झेल्नु परेको सर्वसाधारणको गुनासो छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने