२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवलमा प्रहरीद्वारा ठुलो परिणाममा अवैध मदिरा बरामद

६ आश्विन २०७३, बिहीबार ०९:०१

असोज ६, बुटवल । बुटवलमा प्रहरीले ठुलो परिणाममा अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । यस्तै प्रहरीले बुटवलबाट तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय बुटवलले एक हजार ५०० लिटर अवैध मदिरा पक्राउ पछि नष्ट गरेको छ । रुपन्देहीका विभिन्न पाँच स्थानमा गरिएको अप्रेसनपछि सो परिमाणका घरेलु मदिरा फेला पारिएको इलाका प्रहरी कार्यालय बुटवलले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 

प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीका अनुसार प्रहरीले सिद्धबाबा क्षेत्रबाट ८०० लिटर, इँटाभट्टाबाट ३०० लिटर र उत्पादन सामग्री, जीतगढीबाट १०० लिटर त्यसैगरी चरंगेबाट २०० लिटर र एक बोरा कच्चा पदार्थ, बुटवलको गोलपार्कबाट १०० लिटर गरी नियन्त्रणमा लिइएको एक हजार ५०० घरेलु मदिरा नष्ट गरेको हो । 

त्यस्तै प्रहरीले तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुठापौवा–५ पाल्पाका रेशम बगाले छन् । उनले नोफोन १ सड ८५ सिसी, फेनारगन १८६ सिसी र सेराज्याक १८३ सिसी र दुई थान सिरिन्ज पनि बोकेका थिए । 

त्यसैगरी देवदह–२ का फत्तेबहादुर राणा र किसन थापाको साथबाट १ दशमलव ४४ ग्राम ब्राउन सुगर र उनीहरु सवार लु१५प ३७१६ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल पनि बरामद गरिएकोे छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…