पूर्णप्रसाद न्यौपाने/असोज ७, ओखलढुंगा । ओखलढुंगा जिल्लाका दर्जनौं सरकारी कार्यलय प्रमुख विहिन भएका छन । 

केहि समय यता कार्यालय प्रमुखहरु केहि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णप्रसाद न्यौपाने/असोज ७, ओखलढुंगा । ओखलढुंगा जिल्लाका दर्जनौं सरकारी कार्यलय प्रमुख विहिन भएका छन । 

केहि समय यता कार्यालय प्रमुखहरु केहि"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगाका दर्जनौं सरकारी कार्यलय प्रमुख विहिन

२०७३, ७ आश्विन शुक्रबार १२:४६


पूर्णप्रसाद न्यौपाने/असोज ७, ओखलढुंगा । ओखलढुंगा जिल्लाका दर्जनौं सरकारी कार्यलय प्रमुख विहिन भएका छन । 

केहि समय यता कार्यालय प्रमुखहरु केहि विदामा बसेको र केहि विभिन्न काम लिएर राजधानी सहित बाहिरी जिल्लामा गएसँगै यतिबेला जिल्लाका दर्जनौँ सरकारी कार्यलय प्रमुख विहिन अवस्थामा रहेको पाईएको हो । 

प्रहरी कार्यालय, वन कार्यालय, जिल्ला विकास समिति, जिल्ला भु संरक्षण,जिल्ला खानेपानी, आयुर्वेद स्वास्थ्य केन्द्र,शहरी विकास तथा भवन निर्माण डिभिजन,सिँचाई विकास सव डिभिजन,मालपोत, जिल्ला पशुसेवा कार्यालय,लगाएतका दर्जनौ सरकारी कार्यालय साता भन्दा बढि समय यता देखि यो समाचार तयार पार्दा सम्म निमीक्तका भरमा सञ्चालन भईरहेका छन् । कार्यलयका प्रमुखहरु कोहि विदामा,कोहि काजमा र धेरैजसो जिल्ला बाहिर भ्रमण र गोष्ठीमा गएकाले सेवाग्राही मर्कामा परेका छन् । 

कतिपय निर्णय र निर्देशन कार्यालय प्रमुखले मात्रै गर्न सक्ने भएकाले आफुले अख्तियारी नपाएका निर्णयहरु गर्न नसकेर सेवाग्राहिलाई फर्काउने गरेको नाम नबताउने सर्तमा एक निमीक्त कार्यालय प्रमुखले बताएका छन् । सिद्धिचरण नगरपालिकामा भने नयाँ प्रमुख हाजिर हुन नआएका कारण लामो समय देखि नगरपालिका निमीक्तकै भरमा सञ्चालनमा छ ।

भूकम्पकोे अनुदान बुझ्न गाँउ गाउँ देखि सदरमुकाम आएका नागरिकले अन्य सेवा समेत लिने योजना बनाएर आएको भएपनि कतिपय कार्यालयबाट सेवा लिन नसकेको गुनासो गरेका छन् । कतिपय सेवाका विषयमा कार्यालय प्रमुखसँग गुनासो दर्शाउँदै आवश्यक सरसल्लाह गर्नुपर्ने भएपनि प्रमुख नहुँदा त्यो सम्भवन नभएको सेवाग्राहिको दुखेसो छ । 

यता प्रमुखहरु कार्यालयमा नहुँदा निमीक्तका भरमा चलेका कार्यालयका कर्मचारीहरु पनि कार्यालय समयमा कार्यालयमा नभेटिएको सेवाग्राहिहरुले बताएका छन् । प्रमुख नहुँदा कार्यालय समयमै कर्मचारीहरु र कार्यालय सहयोगिहरु दिनभर अन्य कार्यालय र बजारक्षेत्रमा घुमेर बस्ने गरेको समेत पाईएको छ ।

यसैविच एकै पटक धेरै कार्यालयहरु निमित्तका भरमा छोड्नु भन्दा कार्यालय प्रमुखहरुले समन्वय गरेर विदामा बस्नु उचित हुने सरोकारवालाहरुले बताएका छन् । यता प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले भने लामो समय कार्यालय प्रमुखहरु विदामा नबसेको र जिल्ला बाहिर रहेका प्रमुखहरु पनि आफुसँगको समन्वयमा रहेको भन्दै केहि समस्या भएपनि सेवा प्रवाह ठप्प भने नभएको दावी गर्नुभयो । केहि कार्यालय प्रमुखहरु भने जिल्ला आउँदै गरेको जानकारी प्राप्त भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित