एसइईमा नक्कली परीक्षार्थी खडा गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

Posted on: 09 Apr, 2023

चैत २६, विराटनगर | नक्कली परीक्षार्थी खडा गरेर एसईई उत्तीर्ण गराउने जिम्मा लिने कन्सल्टेन्सीका सञ्चालकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

टेरेसा एकेडेमीका सञ्चालक विवेक आले मगर, प्यासिफिक कन्सल्टेन्सीका सञ्चालक ललिता आङ्बुहाङ, युनिक कन्सल्टेन्सीका छत्र तामाङ र लालीगुराँस कन्सल्टेन्सीका सोनाम रिजाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उर्लाबारीको एमएन कन्सल्टेन्सी, गुडबिल कन्सल्टेन्सी मंगलबारे, पर्फेक्ट कन्सल्टेन्सी पथरी, एनएआरटी कलेज पथरीको नाम पनि जोडिएको छ ।

नक्कली परीक्षार्थीहरू धेरैजसो धरानको कन्सल्टेन्सीका रहेका छन् । 

खुलातर्फका विद्यार्थीसँग कन्सल्टेन्सीले एकमुस्ट रकम लिने गरेको अनुसन्धानबाट खुलेको छ । त्यसपछि कन्सल्टेन्सीले नक्कली परीक्षार्थी खडा गरेर परीक्षामा सामेल गराउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

नक्कली परीक्षार्थी लगाएर परीक्षा दिन लगाउने गरेको धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राईलाई भने केही दिनअगाडि नै प्रहरीले पक्राउ गरेको थियो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!