आजबाट भक्तपुरमा बिस्केट जात्रा सुरु, आठ रात नौ दिनसम्म मनाइने

Posted on: 10 Apr, 2023

चैत २७, भक्तपुर | भक्तपुरको  बिस्केट जात्रा आज साँझवाट सुरु हुँदैछ । नया वर्षको चार दिन अगाडिदेखि सुरु भइ नया वर्षको पाँच दिनसम्म संचालन हुने  बिस्केट जात्रा भक्तपुरको बासिन्दाहरुले आठ रात नौ दिनसम्म मनाइने गर्छन् |

सोमबार साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरूवात गरिने प्रचलन रेको छ । जसअनुसार जात्राको पहिलो दिन भैरवनाथसहित भद्रकालीको पनि रथ तानिने गरिन्छ । 

यस रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ । टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी पु‍र्‍याए पछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन रहँदै आएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!