२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

झन्डोत्तोलन र सिलालेख स्थापना

११ भाद्र २०७२, शुक्रबार ०४:०१

भदौ ११, मकवानपुर / ऐतिहासिक मकवानपुर गढी दरवार क्षेत्रमा
झन्डोत्तोलन र सिलालेख स्थापना गरिएको छ । मकवानपुर गढीको ऐतिहासिकतालाई समेटी तयार गरिएको सिलालेख उक्त
ऐतिहासिक क्षेत्रमा मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा स्थापना गरिएको हो । मकवानपुर उद्योग
वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षता तथा स्थानीय विकास अधिकारी भोजराज खतिवडाको प्रमुख
आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउतले बताएका छन्

मकवानपुर गढीको ऐतिहासिक पृष्ठभूमी माथि मकवानपुर उद्योग
वाणिज्य संघ अन्तर्गतको पर्यटन विकास समितिका सदस्य केदार प्रसाद न्यौपानेले चर्चा गरेका थिए भने
कार्यक्रममा स्थानीय विकास अधिकारी भोजराज खतिवडा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार
न्यौपाने, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी, संघका महासचिव महेन्द्र राउत,
संघको पर्यटन विकास समितिका संयोजक विष्णुगोपाल महर्जनले कार्यक्रममा मन्तव्य राखेका थिए ।

जिल्ला विकास समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापा, संघका
कार्यसमिति सदस्य उज्वल चौलागाई, पर्यटन विकास समितिका सदस्य डा. बलराम भट्ट, राजनैतिक दलका प्रतिनिधि र
पत्रकारहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’