९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

दशैलाई अग्रिम टिकट बुकिङ काठमाण्डौमा खुल्यो, बुटवलमा मंगलबारदेखि

९ आश्विन २०७३, आईतवार ०९:०२

कृष्ण खनाल, असोज ९, बुटवल । बिजया दशमी नजिकिदै गर्दा विस्तारै चहल पहल बढेको छ । बिजया दशमी हिन्दुहरुको ठुलो चाडको रुपमा रहेको हुदा यो चाडपर्वको प्रभाव रहने गर्दछ । 

नजिकिएको चाडलाई मध्यनजर गरी काठमाण्डौ उपत्याकाबाट देशका विभिन्न स्थानमा जाने सार्वजनिक यातायातका साधानहरुको अग्रिम टिकट बुकिङ शुक्रबारबाट  खुलेको छ । भने बुटवलबाट विभिन्न जिल्लामा जाने सार्वजनिक यातायातको टिकट बुकिङ यहि  असोज ११ गते अर्थात आगामी मंगलबारबाट खोल्ने  तयारी गरिएको सम्बन्धीत  यातायात व्यवसायी संस्थाले जानकारी दिएका छन् । 

यस क्षेत्रकै सबैभन्दा ठुलो यातायता व्यवसायीहरु आवद्व भएको पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलका अध्यक्ष दघिराम खरेलले आगमी मंगलबार देखि दशैको लागि अग्रीम टिकट बुकिङ्ग खुल्ला गर्न लागेको जानकारी  दिए । 

अहिले  काठमाण्डौमा यसै विषयको बैठकमा सहभागी हुन पुगेका अध्यक्ष खरेलले यहि असोज १० गते पदाधिकारी तथा रुट व्यवस्थापन समितिका विभिन्न जिम्मेबार व्यवाक्तिहरुसंग बैठक बसेपछि मंगलबारबाट अग्रीम  टिकट बुकिङ्ग सुरु गर्न लागेको जानकारी दिए । उनले भने–‘म अहिले काठमाडौंमा छु, बुटवल आएपछि १० गते पदाधिकारी, रुट संयोजकको विचमा छलफल हुन्छ, ११ गतेबाट अग्रीम टिकट खुल्छ ।’ 

उनले अग्रीम टिकट बुकिङ्ग खोल्न भन्दा पहिला बुटवल नयाँ बसापार्कमा  विभिन्न निकायसंग संमन्व गरेर ‘यात्रु सहायता कक्ष’ हेल्प डेक्स स्थापना गर्ने र यसको तयारीमा समेत आफु लागेको जानकारी गराए । 

विगतका दिनहरुमा एउटै सिटम दुई वटा व्याक्तिहरुको टिकट काटिएको,  यात्रुले टिकट अनुसारको सिट नपाएको जस्ता केही गुनासाहरु आएको भन्दै उनले  यस बर्ष त्यस्ता  समास्या समाधानको लागि संघका विभिन्न पदाधिकारीहरुलाई जिम्मेबारी प्रदान गर्न लागिएको समेत जानकारी दिए । 

महासचिव जीवन कुमार बन्जाडेलाई  यात्रुको गुनासो तथा समस्या सुन्ने निकायको रुपमा समेत जिम्मेबारी दिन लागिएको उनको भनाई रहेको छ । गत बर्ष महाभुकम्पको कारण पनि यात्रुहरुले सहज रुपमा यात्रा गर्न पाएको भन्दै उनले आवश्यकता अनुसार सत प्रतिशत नै गाडीहरु थप्न आफुहरु तयार रहेको जानकारी दिएका छन् । संघमा अहिले करिव २ हजार ३ सय ५० भन्दा बढि गाडीहरु आवद्व रहेको भन्दै सोही अनुपातमा गाडीहरु थप्नको लागि तयारी अवस्थमा राखिएको जनाइएको छ । 

यस बर्ष पहिला नै यात्रु भाडा निर्धारण गरिएको कारण यात्रुले तिर्ने भाडामा कुनै समस्या नभएको जनाइएको छ । बुटवलमा यस क्षेत्रकाबाट केही क्षेत्रमा सिद्धार्थ यातायाता व्यवसायी समिति भैरहवा, बुटवल ययातायात व्यवसायी समिति बुटवल, पाल्पाको श्रीनगर यातायात व्यवसायी समिति, गुल्मीको रेसुङ्ग यातायात व्यवसायी संघ, अर्घाखाँचीमा देउराली यातायाता व्यवसायी संघ, नवलपरासीमा पाल्ही यातायात व्यवसायी संघले सार्वजनिक यातायातका साधनहरु चलाउदै आएका छन्  । 

काठमाण्डौमा टिकट काउन्टरमा महिला र अशक्त, अपांग तथा जेष्ठ नागरिकका लागि पनि छुट्टै लाइन राखिएको छैन । महिला र पुरुषको छुट्टाछुट्टै लाइन नहुँदा महिलाहरुले समस्या भोगेको  गुनासो गरेको छ । शुक्रबारबाट अग्रीम टिक खुलेपछि  काउन्टर आसपास ट्राफिक प्रहरीले भाडादरसहित हेल्प डेस्क खडा गरेको भएपनि  टिकट काट्न गएका यात्रुले सास्ती खेपेको जनाइएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता