प्रेम सुनार | असोज –९, गुल्मी ।  यो जमनामा आईपुग्दा पनि गुल्मीको विकट गाविस ह्वाङ्गदीमा कतिपय दलित समुदायले सिनो खान नछाडे पछि त्यहाँको एक संगठनले कारवाही गर्ने निर्णय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | असोज –९, गुल्मी ।  यो जमनामा आईपुग्दा पनि गुल्मीको विकट गाविस ह्वाङ्गदीमा कतिपय दलित समुदायले सिनो खान नछाडे पछि त्यहाँको एक संगठनले कारवाही गर्ने निर्णय"/>
2026-07-05 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सिनो खाने दलितलाई माओवादी संगठनको कारवाही

प्रेम सुनार | असोज –९, गुल्मी ।  यो जमनामा आईपुग्दा पनि गुल्मीको विकट गाविस ह्वाङ्गदीमा कतिपय दलित समुदायले सिनो खान नछाडे पछि त्यहाँको एक संगठनले कारवाही गर्ने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्र निकट दलित संगठन नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चा ह्वाङ्गदी गाउँ कमिटीले यस्तो निर्णय गरेको हो ।

सो संगठनका जिल्ला सदस्य तथा नेकपा माओवादी केन्द्र ह्वाङ्गदी गाउँ कमिटीका अध्यक्ष समेत रहेका तुलबहादुर बिश्वकर्माको प्रमुख आतिथ्यतामा बसेको दलितहरुको भेलाले सिनो खाएको थाह पाएको पहिलो पटक पाँच हजार रुपैयाँ जरीवाना  गर्ने दोश्रो पटक थाह पाए १० हजार  र तेश्रो पटक थाह पाए  प्रशासनमा उजुरी दिएर कार्वाही गराउने निर्णय गरिएको  बताईएको छ ।

कार्यक्रममा प्रमुख अतिथी बिश्वकर्माले दलित समुदाय एकताबद्ध नभए सम्म गलत संंस्कार र विकृति विसंगती हटाउन नकिने बताए । उनले दशै तिहार जस्ता चाड पर्वहरु भड्कीले गरी नमनाउने , जाँड रक्सी सेवनबाट झै झगडा र अन्य कुनै गलत कार्य निम्तिन सक्ने भएकोले त्यस प्रति हरेक परिवारका सदस्यहरु सचेत हुनु पर्ने सुझाव समेत दिएका थिए ।

डेढ सय घरधुरी दलित समुदाय रहेको  ह्वाङ्गदीमा कतिपय दलितले गाईको मासु समेत खाने गरेको आरोप विगतमा लाग्ने गरे पनि अहिले  त्यस्तो नरहेको र   यहाँका दलित समुदायमा शिक्षा र सभ्यताको विकास समेत भएको अध्यक्ष बिश्वकर्माले बताए ।

आर्थिक अवस्था भने अझै पनि कमजोर रहेको बताउँदै उनले सरकारी निकायले आय आर्जन मुलक कार्यक्रममा जोड दिन आग्रह समेत गरे । नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चा ह्वाङ्गदीकी उपाध्यक्ष विना बिश्वकर्माको अध्यक्षतामा वसेको भेलामा सचिव सोनु बिकको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै