२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

बाढिका कारण विराटनगर १६ का ३५ घर विस्थापित

१० आश्विन २०७३, सोमबार ०८:०२

रोशन पोखरेल, असोज १०, विराटनगर । केसलिया खोलाको बाढीका कारण विराटनगर–१६ का ३५ परिवार विस्थापीत भएका छन् । दुईदिनयता लगातार परेको पानीका कारण केसलिया खोलामा पानीको सतह बढेर खोलाको पानी बस्तीमा पस्दा विराटनगर–१६ सिमराही टोलका ३५ परिवार विस्थापित भएका हुन् ।

     बाटो र घर डुबानमा परेपछि उनीहरुलाई प्रहरीले उद्धार गरेर विराटनगर–१६ कै बखरी निम्न माध्यमिक विद्यालयमा राखेको छ । ऋषिदेव समुदायको बस्ती रहेको सिमराहीटोलका घरहरुमा ४ फिटसम्म पानी जमेको छ । अचानक घर छोड्नुपर्ने भएपछि सरसामान र खाद्यान्न समेत ल्याउन नपाएका कारण विस्थापितहरुले भोकभोकै बस्न बाध्य भएको बताएका छन् । 

     बिहान ११ बजेतिर खोलाको बाढी घरमा पसेको स्थानीय धमेन्द्र ऋषिदेवले जानकारी दिनुभयो । बस्तीको छेउमै रहेको केशलिया र फुफरी खोलाको जलस्तर बढेपछि अहिले सिमराही टोलसहित छेउछाउका टोल र सडकहरुमा घुँडाभन्दा माथि पानी जमेको छ ।साथै कतिपयको घर भित्र पानी पसेर बस्नै नमिल्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…