सम्राट सिंह/असोज १०, बझाङ । गत दुई बर्षदेखि बझाङ जिल्ला अस्पतालमा सेवा दिदै आएका डाक्टर लाई सम्मान गरेको छ । 

जिल्ला अस्पतालमा कार्यरत निक्साइमन संस्था अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह/असोज १०, बझाङ । गत दुई बर्षदेखि बझाङ जिल्ला अस्पतालमा सेवा दिदै आएका डाक्टर लाई सम्मान गरेको छ । 

जिल्ला अस्पतालमा कार्यरत निक्साइमन संस्था अ"/>

२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्ला अस्पतालका डाक्टर सम्मानित

२०७३, १० आश्विन सोमबार ११:३८

सम्राट सिंह/असोज १०, बझाङ । गत दुई बर्षदेखि बझाङ जिल्ला अस्पतालमा सेवा दिदै आएका डाक्टर लाई सम्मान गरेको छ । 

जिल्ला अस्पतालमा कार्यरत निक्साइमन संस्था अन्र्तगतका डाक्टर पुर्ण घर्तीलाई लाई सोमबार अस्पताल ब्यवस्थापन समितिले सम्मान गरेको हो ।

डाक्टर घर्तीले आन्द्राका बिरामी,सुत्केरी महिला,हर्निया,पाइल्स जस्ता बिरामीको उपचार गरी मृत्युको मुखबाट बचाएको हुँदा उनको योगदान र लगनसिलतालाई  उच्च कदर गर्दै सम्मान गरेको जिल्ला अस्पतालका ब्यवस्थापन समितिको अध्यक्ष कलक धामीले बताए । 

डाक्टर घर्तीले जिल्ला अस्पताल बझाङमा रातदिन नभनी बिरामीको सेवा गर्नुका साथै बिरामीले थलिएका मानिसहरुको समेत अप्रेसन गरी ज्यान जोगाएका छन ।

सोमबार गरेको सम्मान कार्यक्रममा जिल्ला अस्पतालमा ३८ बर्ष कार्यरत इन्डोर इन्चार्ज लक्ष्मी शाहीलाई पनि अस्पताल ब्यवस्थापन समितिले सम्मान गरेको थियो ।

निक्साइमन संस्थाबाट कार्यरत डाक्टर पुर्ण घर्ती लगायत अन्य कर्मचारीहरुले राम्रो सेवा दिएपछि हाल जिल्ला अस्पताल प्रतिको जनबिश्वास बढ्दै गएको छ  ।

व्यवस्थापन समितिले कामको उच्च कदर गर्दै सम्मान गरेकोमा आफुलाई हौसला मिलेको डाक्टर पुर्ण घर्तीले बताए । जिल्ला अस्पतालको सेवा राम्रो र जनस्वास्थ्यका कार्यक्रम पनि प्रभावकारी भएकाले  बझाङ जिल्ला स्वास्थ्य सुधारका क्षेत्रमा देशको नवौँ स्थान र शुदुरपश्चिमको दोस्रो स्थानमा परेको छ । 


तस्बिर: प्रभावकारी काम गरेको भन्दै डाक्टरलाई सम्मान गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कलम धामी ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह