२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘श्रीमानलाई उपहार दिने सपना अधुरै’

२०८०, २ जेष्ठ मंगलवार ०९:३०

जेठ २, काठमाडौँ | चलचित्रमा कथा लेखिन्छ र त्यसलाई पटकथामा रूपान्तरण गरेपछि छायाङ्कन सुरु हुन्छ । लेखकले पात्र र त्यसको पहिचान, आवरण र समाज निर्माण गरेपछि आरोहअवरोहलाई चलचित्रको शैलीमा तयार पारेर पर्दामा प्रस्तुत गरिन्छ । तर पर्दा बाहिर घट्ने केही घटनाक्रम चलचित्रभन्दा कम लाग्दैनन ।

जेठको पहिलो साता प्रदर्शनमा आउने चलचित्र ‘ए साथी सुन’ की निर्मात्री विना कार्कीको जीवनी चलचित्रको कथा झैँ छ । फरक क्षेत्रमा रहेर कर्म गरिरहनुभएकी उहाँले यो चलचित्र आफ्नो श्रीमानलाई ‘उपहार’ दिन निर्माण गर्नुभयो । चलचित्रबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा चलचित्रभन्दा कार्कीको कथाले उपस्थितलाई मर्माहत बनायो । तर जानकारी नदिई उपहार दिने उहाँको सपना अधुरै रह्यो । 

कोरोना भाइरसका कारण निर्मात्री कार्कीले श्रीमानलाई गुमाउनु प¥यो । “श्रीमानलाई जानकारी नदिई निर्माण गरेँ । तर भन्नसमेत पाइनँ । यद्यपि उहाँको यादमा तयार गरेको चलचित्र अहिले प्रदर्शनको तयारीमा छ”, उहाँले भन्नुभयो । श्रीमान् श्रव्यदृश्यप्रति आकर्षित र आफ्नो सन्तानलाई कलाकार देख्न चाहना राखेको जानकारी पाउनुभएकी कार्कीले चलचित्रमा छोरा इभानलाई अभिनयको अवसर दिनुभएको छ । 

“चलचित्र हामीले निर्माण गरेका हौँ भन्ने थाहा थिएन । तर छोरालाई अभिनय गराएको भन्ने जानकारी दिएकी थिए । उहाँ निकै खुसी हुनुभयो”, निर्मात्री कार्कीले भन्नुभयो । व्यवसायका कारण संयुक्त अरब इमिरेटस्को दुबईमा बसोबास गरिरहेकै कारण नेपालमा कोरोना महामारीका बेला  उहाँहरू अलग हुनुभयो । निर्मात्री कार्की छोरा लिन नेपाल आएको समयमा लकडाउनका कारण यही बस्नु प¥यो । “अन्तिम समयमा उहाँलाई देख्न समेत पाइनँ । अहिले मैले किन भनिनँ भन्ने पनि लाग्छ”, उहाँले भन्नुभयो । 

चलचित्रमा सम्पूर्ण समूह नै नयाँ छन् । नयाँलाई चलचित्र बनाउन झैँ प्रदर्शन गर्न पनि सहज नरहेको निर्देशक राम राघव आचार्यले बताउनुभयो । “चलचित्र बनिसकेपछि प्रदर्शन गर्न सहज छैन । नयाँ समूहलाई जसरी कलाकारले बुझ्दैनन्, प्रदर्शनमा पनि त्यस्तै हुन्छ”, उहाँले भन्नुभयो । नेपालमा केही साङ्गीतिक भिडिओ र छोटा चलचित्रमा काम गरेपछि उहाँले भारतमा अभिनय र निर्देशनको शिक्षासमेत लिनुभयो । 

त्यहाँ केही टेलिचलचित्रमा काम गरेपछि कोरोना भाइरसका कारण भएको पहिलो लकडाउनमा कार्की नेपाल आउनुभएको थियो । “नेपाल आएपछि बसाइका क्रममा लेखेको कथालाई सुनाएपछि चलचित्र निर्माण गर्ने निर्णय लिएका हौँ । यसको नाम कलिपुरुष राखेका थियौँ । किनकि मानवद्वारा भइरहेको गलत क्रियाकलापको कथा प्रस्तुत गरेका छौँ”, निर्देशक आचार्यले भन्नुभयो । 

प्रेमकथानक थ्रिलर विधामा निर्माण भएको चलचित्रमा सुशील पोखरेल, जयनन्द लामा, वर्षा शिवाकोटी, रमेश बानियाँ, आर्यन खड्का, विमला गिरी, रमेश अधिकारीलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा