भदौ-१५, मकवानपुर । वाणिज्य विभागले हेटौंडा बजारमा
आज खाद्यान्न पसलहरुमा अनुगमन गरेको छ । बाणिज्य बिभागका अनुगमन शाखाका अधिकृत गिता पंथीको नेतृत्वमा
आएको टोलीले अनुगमन गरेका हो ।
अनुमनमा मकवानपुर उद्योग बाणिज्य
संघका महासचिव महेन्द्र राउत, कार्यसमिति सदस्य तथा बजार व्यवस्थापन उपसमितिका संयोजक काब्यमणी अधिकारी,
जिल्ला प्रशासन कार्यालयका सहदेव आचार्य, घरेलु तथा साना उद्योग कार्यालयका प्रणयप्रसाद अर्याल
लगायतकाको उपस्थिति रहेको थियो । खाद्यान्नको गुणस्तर,उत्पाद र उपभोगय मिति मिति,पसल दर्ता नबिकरण
लगायतका विषयमा अनुगमन गरिएको संघका महासचिव महेन्द्र राउतले बताउनुभयो ।