२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रौतहटमा एक वृद्धको गोली हानेर हत्या

२०८०, ११ जेष्ठ बिहीबार ०६:५६

जेठ ११, रौतहट | रौतहटमा एक वृद्धको गोली हानी हत्या गरिएको छ । देबाही गोनाही-१ का ७० वर्षीय शेख तैयाबको हत्या भएको हो ।

घरदेखि एक किलोमिटर दूरीमा लक्ष्मीनिया जाने सडकमा तैयबको शव भेटिएको हो । उनको टाउकोमा चोट देखिएको इलाका प्रहरी कार्यालय गोनाहीका इन्सपेक्टर गोविन्द साहले बताए ।

उनका अनुसार हत्या कसले गरेको भन्नेकुरा खुल्न सकेको छैन । अनुसन्धान भइरहेको छ । तर, मृतकका छोरा शेख असलमले गाउँकै मजहर आलम भनेर चिनिने मोगले आलममाथि हत्याको आरोप लगाएका छन् ।

२०७९ फागुन १५ मा तैयबका नाति शेख रिजवान मोगले आलको छोरीलाई लिएर बिहे गर्ने भन्दै सम्पर्कविहीन भएका थिए । १० दिनपछि मोगलेको छोरी इलाका प्रहरी कार्यालय गरुडामा हाजिर भइन् । प्रहरीलाई उनी दिएको बयानको आधारमा तीनजनामाथि अपहरण तथा जबर्जस्ती करणी मुद्दासमेत चलेको छ ।

उक्त घटनापछि तैयब र मोगलेको दुश्मनी सुरू भयो ।

तैयबको हत्या भएपछि उनका छोरा शेख असलमको दाबी छ, ‘मोगले पटक-पटक धम्की दिने गरेका थिए । उनले मुद्दा चलाएकाहरू धरौटीमा छुटेको बिहान रातिनै मेरो बुबाको हत्या भयो । मोगले र उनका मान्छेले नै हत्या गरेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु