२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आरजु-मञ्जुलाई मुछिएको अडियोमा आफ्नो स्वर भएको बिचौलियाले स्वीकारे, पैसा दिएको स्वीकारेनन्

२०८०, ११ जेष्ठ बिहीबार ०८:०५

जेठ ११, काठमाडौँ | नक्कली शरणार्थी प्रकरणबारे प्रहरी अनुसन्धानले तीव्रता लिइरहँदा एउटा अडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सो अडियोमा अञ्जान व्यक्तिले फोनमा कुरा गर्दै आरजु देउवा र मञ्जु खाणलाई करोडौं रकम दिएको बताएका छन् । त्यही अडियोको आधारमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु र पूर्वगृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जुलाई पनि अनुसन्धानमा तान्नुपर्ने आवाज उठेको थियो ।

आरजूले उक्त अडियोमा गरिएको दाबी खण्डन गरिन् भने अडियोविरुद्ध साइबर व्युरोमा उजुरीसमेत दिइन् । मञ्जु भने श्रीमान पक्राउलगत्तै अष्ट्रेलिया लागिन् भने त्यहाँबाट काठमाडौं फर्किएर पनि उनले यस विषयमा कुनै सार्वजनिक प्रतिक्रिया दिएकी छैनन् ।

अडियो सामाजिक सञ्जालमा आएपछि प्रहरीले पनि यस सम्बन्धमा अनुसन्धान गरेको थियो । सो अडियोमा भएको आवाज नक्कली शरणर्थी काण्डका एक बिचौलिया सन्देश शर्माको भएको पुष्टि भएको छ । उनी स्वयंले आफूले बोलेको स्वीकारेका छन् । तर, आरजु र मञ्जुलाई पैसा दिएको कुरा भने उनले इन्कार गरे ।

प्रहरी बयानमा उनले पूर्वनियोजित रुपमा आफूले त्यो संवाद बोलेको दाबी गरेका छन् । प्रहरीले उनको भनाइमा विश्वास गर्दै आरजु र मञ्जुलाई सोधपुछ गरेन ।

‘आरजु देउवालाई साढे दुई करोड बुझाएको हो, ६ करोड रुपैयाँ त्यो बालकृष्ण खाणलाई बुझाएको हो । मञ्जु दिदीले बुझ्नुभएको हो घरमा । हनुमानथानको उतापट्टि घर छ, घरमै बुझेको हो’, अडियोमा कसैसँग सन्देश शर्माले बोलेको सुनिन्छ ।

प्रहरीसँगको बयानमा सन्देशले पीडितहरुबाट जोगिन जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीको आग्रहमा आफूले त्यस्तो बोलेको बताएका छन् ।

सन्देशले भनेका छन्, ‘जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले मलाई पहिले नै फोन सम्पर्क गरी हामीले पैसा लिएका मानिसहरुले हामीलाई समस्यामा पारिसके, निजहरु आएको समयमा हामी तपाईंलाई फोन गर्छौं, सो समयमा तपाईंले हामीले भनेको मानिसलाई रकम बुझाएका छौं भनी जानकारी गराइदिनुभयो भने हामी बाँच्छौं भनी पहिल्यै निजहरुको नाम लिई पैसा दिएको हो भनी भन्नु भनेको हुँदा निजहरुले भनेअनुसार आरजु देउवा तथा बालकृष्ण खाण र मञ्जु खाणको समेत नाम लिई मैले रकम बुझाएको हो भनी कुरा गरेको हो । उक्त कुरा वास्तविक होइन । जाहेरवालाहरुले भन्नु भनेअनुसार मात्र भनेको हुँ । मैले निजहरुलाई चिनेको छैन । चिन्दै नचिनेको व्यक्तिहरुलाई यति धेरै रकम नगदैविना काम दिने कुरै भएन ।’

शर्माविरुद्ध ७७ जनाको जाहेरी

दाङ निवासी सन्देश शर्माले अमेरिका पठाउने बहानामा ७७ जनाबाट पैसा उठाएको भन्दै प्रहरीमा जाहेरी परेको थियो । गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले ठगी गरेको आरोप लगाउँदै उनीविरुद्ध जाहेरी दिएका थिए ।

शर्माले गजेन्द्र बुढाथोकीबाट ९ करोड ७८ लाख रकम र रामकुमार रेग्मी तथा निजले चिनेका अन्य १५ जनाबाट तीन करोड ६ लाख रुपैयाँ लिएको जाहेरी दरखास्तमा उल्लेख छ । जाहेरीवालाबाट लिएको रकम उनले विभिन्न व्यक्तिहरुको खातामा जम्मा गराई उक्त रकम आफैंले लिएको र अन्य प्रतिवादीहरुलाई दिएको देखिएको प्रहरीले जनाएको छ । जाहेरवालाहरुले दिएको रकमको ग्यारेन्टीका लागि उनले आफ्नो ग्लोबल आईएमई बैंकको ३ करोड बराबरको ४ थान र गजेन्द्र बुढाथोकीलाई ५ करोड बराबरको चेकसमेत दिएको देखिएको छ । शर्माले भने आफूलाई जाहेरवालाहरुले जबरजस्ती उक्त चेकमा हस्ताक्षर गराएको बयान दिएका छन् ।

प्रहरीका अनुसार सन्देश आफूलाई सरकारी कर्मचारी हुँ भन्दै सरकारी कर्मचारीको पोशाक लगाएर कार्डसमेत भिरेर प्रतिवादीमध्येका शमशेर मियाँले चढ्ने सरकारी गाडी चढेर हिँड्थे । उनले चितवन सौराहास्थित भिजन सफारी रिसोर्टमा दुई दिनसम्म विभिन्न जाहेरवालाहरुको फोटो खिच्ने, बायोमेट्रिक गर्ने काम गरी जाहेरवालाहरुबाट सोही होटलमा संकलन गरेको रकम प्लास्टिकका दुई बोरामा कोचेर बोराको मुख बाँधी सोही गाडीको पछाडि राखेर ल्याएको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

शर्मालाई प्रहरीले गत २९ चैतमा पक्राउ गरेको थियो । एक वर्षअघि नै उनी पक्राउ परेको भए पनि तत्कालै छुटेका थिए । केशव दुलाललगायतका ४ जना पक्राउ परेपछि फरार उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले दोस्रोपटक पक्राउ गरेको हो ।

शर्मा एमाले निकट विद्यार्थी नेता भएको बताइन्छ । उनले सर्वसाधारणसँग पैसा उठाएर शक्तिकेन्द्रसम्म पुर्‍याउने गरेको पाइएको छ । उनी नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकारमध्येका एक हुन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु