२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पशुपति क्षेत्रमा सरसफाइ अभियान

२०८०, १३ जेष्ठ शनिबार ०६:४३

जेठ १३, काठमाडौँ | ‘स्वच्छ पशुपति सफा पशुपति, हाम्रो पशुपति राम्रो पशुपति’ भन्ने मूल नारासहित ‘पशुपति क्षेत्र सरसफाइ अभियान, २०८०’ सुरु गरिएको छ । अभियानको पहिलो दिन आज पशुपति मन्दिर क्षेत्रमा बृहत् सरसफाइ गरिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा गणतन्त्र स्मारक व्यवस्थान तथा सञ्चालन विकास समिति, काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष, पर्यटन विभाग, पर्यटन प्रहरी कार्यालय, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल प्रहरी श्रीमती सङ्घ, पशुपति सेवा विकास संस्था, नेकपा (माओवादी केन्द्र) महानगर कमिटी र रोटरी क्लबलगायत सङ्घसंस्था आ–आफ्नो ब्यानरसहित आज सरसफाइमा सहभागी भएका थिए । सरसफाई बिहान ८ देखि १० बजेसम्म सञ्चालन गरिएको थियो । 

पशुपति क्षेत्रमा आज सरसफाइ गर्नुका साथै वृक्षरोपण पनि गरिएको थियो । सो अवसरमा पर्यटनमन्त्री सुदन किराँतीले पशुपति क्षेत्रमा ७२ फिटको राष्ट्रिय झन्डाको शिल्यान्यास गर्नुभयो । इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले नेपालको संस्कृति र सम्पदालाई जीवन्त जोगाइराख्नका लागि हरेक हप्ता पशुपति क्षेत्रमा सरसफाइ गर्न जरुरी रहेको बताउनुभयो । पशुपति क्षेत्रलाई प्लास्टिकमुक्त क्षेत्र बनाउनुपर्ने उहाँको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु