२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एलओडी क्लबका दुई महिला कामदारलाई रक्सी खुवाएर बलात्कार !

२०८०, १४ जेष्ठ आईतवार ०७:४७

जेठ १४, काठमाडौँ | चर्चित क्लब एलओडीका दुई महिला क्लिनर (सरसफाइ कामदार) लाई बलात्कार गरेको आरोपमा दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

खोटाङको बाह्र पोखरी गाउँपालिका-२ स्थायी घर भई काठमाडौंको नयाँ बजार बस्ने ३१ वर्षीय लोकबहादुर मगर र काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२ स्थायी घर भएका ३२ वर्षीय माइला भन्ने रामकुमार श्रेष्ठ रहेका छन्।

प्रहरी अनुसन्धानका क्रममा गत वैशाख १५ गते बिहान साढे ६ बजे क्लबको काम सकेर घर जान लागेको अवस्थामा एलओडीका ती दुई महिला क्लिनर लैनचौर-५१ र लैनचौर-५३ (नाम परिवर्तन) लाई श्रेष्ठ र मगरले खाजा खुवाउन भन्दै सोह्रखुट्टे ओरालोमा रहेको एक खाजा पसलमा लगेका थिए।

त्यहाँ आफूहरूले ६ क्वाटर गोल्डेन ओक (रक्सी) खाएको प्रतिवादीले बयानमा उल्लेख गरेका छन्। श्रेष्ठले भने मदिरा सेवन गरेका थिएनन्। त्यसपछि उनीहरू काठमाडौं महानगरपालिका-२६ स्थित एक होटलमा दुईवटा रुम बुक गरेर बसेका थिए।

अनुसन्धानका क्रममा मगर लैनचौर-५३ सँग र श्रेष्ठ लैनचौर-५१ सँग बेग्लाबेग्लै कोठामा बसेका थिए। लैनचौर-५३ सँग शारीरिक सम्पर्कपछि उनलाई बिदा गरेका मगरपछि श्रेष्ठ र लैनचौर-५१ बसेको कोठामा पनि छिरेको बयानमा उल्लेख गरेका छन्। लैनचौर-५१ ले रक्सी खाने मनसाय व्यक्त गरेकाले थप तीन क्वाटर गोल्डेन ओक मगाएर खाएको मगरले बयानका क्रममा बताएका छन्।

‘श्रेष्ठबाट लैनचौर-५१ ले यौन सन्तुष्टि प्राप्त नगरेको भन्ने कुरा भएकोले निज साथी श्रेष्ठलाई उक्त कोठाबाहिर राखी मैले लैनचौर-५१ सँग सहमतिमै एक पटक शारीरिक सम्पर्क राखेँ’, मगरले आफ्नो बयानमा उल्लेख गरेका छन्।

त्यसअघि आफ्नो बच्चालाई स्कुल पठाउनु छ भनेपछि लैनचौर-५३ लाई ५ सय रुपैयाँ ट्याक्सी भाडा दिएर पठाएको उनले बताएका छन्।

लैनचौर-५१ र लैनचौर-५३ प्रहरीमा गरेको कागजमा घटनाअघि मगरसँग मात्र आफूहरूको चिनजान रहेको र श्रेष्ठलाई त्यसै दिन मात्र चिनेको उल्लेख गरेका छन्।

प्रतिवादीले खाजा घरमा मदिरा सेवन गर्दै गएपछि आफूहरूलाई ट्याब्लेट खुवाएको पनि दाबी उनीहरूको छ। ‘त्यसपछि तिमीहरूलाई रक्सी लाग्यो आफै हिँडेर जान सक्दैनौ हामी कोठासम्म पुर्‍याइदिन्छौँ भनेर ट्याक्सीमा राखेर होटल पुर्‍याए’, पीडितहरूले भनेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु