२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गणतन्त्र दिवस समारोहमा काठमाडौंका मेयर र उपमेयर दुवै अनुपस्थित

२०८०, १५ जेष्ठ सोमबार ०९:३६

जेठ १५, काठमाडौँ | १६औं गणतन्त्र दिवसको औपचारिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर अनुपस्थित भएका छन् ।

सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवश समारोहमा मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल सहभागी भएनन् ।

गणतन्त्र दिवशको मूल आयोजक समितिको सदस्यमा काठमाडौं महानगरपालिकाका मेयर पनि रहन्छन् । मेयर बालेनका स्वकीय सचिवालयका अनुसार बालेन पारिवारिक कामले औपचारिक समारोहमा सहभागी नभएका हुन् ।

‘मेयरसाबको म्याडम गर्भवती हुनुहुन्छ, अस्पतालमै राख्न परेपछि मेयर उता ब्यस्त भएकोले कार्यक्रममा जानु नभएको होला’, सचिवालयका एक सदस्यले भने ।

महानगरका प्रवक्ता नविन मानन्धरले महानगरपालिकाको प्रमुख र उपप्रमुख हरेक गणतन्त्र दिवसमा सहभागी हुँदै आएको बताए । ‘म वडाध्यक्ष निर्वाचित भएको ६ वर्ष भयो, अहिलेसम्म सबै पटक सहभागी भएको थाहा छ, अब यो पटक किन सहभागी भएनन् मलाई नै थाहा छैन,’ प्रवक्ता मानन्धरले भने ।

उनले अघिल्ला वर्षहरुमा महानगरले नै मञ्च व्यवस्थापनको काम गर्दै आएपनि यो पटक त्यसबारेमा जानकारी नभएको बताए ।

समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन भने सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु